आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलरको मूल्य बढ्यो युरो र पाउन्डको घट्यो

Nepal Life

 

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

Nepal life insurance

आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, युरो, पाउन्ड कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर भने घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २२ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ २३ पैसा र बिक्रीदर १८० रुपैयाँ ०३ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ १५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा थियो

images

आज बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

images

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

images

 

Nepal life insurance

अन्य समाचारहरु