रिडी तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

-घनश्याम गौतम

गुल्मी  – गुल्मीको वामीटक्सारबाट रिडी तर्फ आउँदै गरेको जिप आँपचौर
गाविस-३ झक्कले भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

केहीबेर अघि भएको लु १ ज १६९४ नम्बरको जिप दुर्घटनामा गुल्मीकै कुर्घा गाविस
भुवाचिदी बजारका सुब्बा रायमाझी र अर्का एक यात्रुको मृत्यु भएको छ । घटनामा ११ जना
घाइते भएका छन् । घाइते मध्य चार जनाको अवस्था गंम्भीर रहेको आँपचौर सुचना
केन्द्रका अध्यक्ष रुद्रराज खरेलले जानकारी दिएका छन् ।

घटनास्थलमा मजुवा अस्थायी प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दाले उद्धार
गरिरहेका छन् । सडकबाट झण्डै ३० मिटर तल बडीघाट खोलाको किनारमा खसेको जिप
दुर्घटनाको कारण र थप विवरण आउन बाँकी छ । घाइतेहरुलाई रुद्रावती अस्पताल मजुवामा
पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु