काठमाडौं – मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको
मृत्यु भएको छ । एकै परिवारका चार जना हराइरहेका छन् । त्यस्तै कतिपय घाइते भएका
छन् ।
पहिरोमा परेर नुवाकोटमा एकै परिवारका चार जना हराइरहेका छन् । पोखरामा एकै
परिवारको दुई जनाको मृत्यु भएको छ । खोटाङमा एक जनाको मृत्यु भएको छ ।
नुवाकोटको नर्जा-५ आलाडाडामा बुधबार बिहान ३ बजे आएको पहिरोले अर्जुन तामाङको घर
बगाउँदा त्यस घरका चार जना वेपत्ता छन् । उनीहरुको खोजतलाशका लागि नेपाल प्रहरी र
नेपाली सेनाको टोली खटिएको छ । घरमूली २७ वर्षीय अर्जुन,२५ वर्षीय श्रीमती
ठूलीकान्छी,छोराहरु ९ वर्षका सन्तु र ७ वर्षका झिल्के पहिरोमा वेपत्ता भएका छन् ।
पाँच सदस्यीय उक्त परिवारका एक जना १२ वर्षीय छोरी निपूर्ण अन्यत्र रहेकाले जोगिएकी
छन् ।
एकै परिवारका दुईको मृत्यु
पोखरा-५
पस्र्याङ स्थित रातोमाटामा पहिरोले धक्का दिई घर भत्किदा दुई जनाको मुत्यु भएको छ ।
मुत्यु हुनेमा ३० वर्षकी संगीता परियार र उनकी १० वर्षीया रितिका परियार रहेको
प्रहरीले जनाएको छ । घटनामा २० वषिर्य रञ्जन परियार घाइते भएका छन् । उनको चरक
अस्पतालमा उपचार भइरहेका छन् ।
मंगलबार राति दुई बजे घर पछाडीको ढिस्को खसेर धक्का दिएपछि घर भत्किएर उनिहरु
पुरिएका हुन । सामान्य ब्लकले बनेको घर भिरालो ठाउँमा रहेकोले सामान्य पहिरोको
धक्काले घर भत्किएको हुने सक्ने वडा प्रहरी कार्यालय बगरका प्रमुख भुवनेश्वर
तिवारीले बताए । राति नै प्रहरीले शब निकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
पुर्याएको थियो ।
म्याग्दी
अविरल वर्षापछि अर्मन गाविस-७ नेटामा आएको पहिरोले घर पुर्दा एक घाइते भएका छन्
। प्रहरीका अनुसार मंगलबार राति खसेको पहिरोमा पुरीएर ६८ वर्षीय चक्रबहादुर फगामी
घाइते भएका हुन् । पहिरोले फगामीको ढुङ्गेघर, गोठमा रहेका तीन भैसी, दुई बाख्रा र
१५ कुखुरापनि पुरेको छ ।
सुतिरहेको अवस्थामा पहिरोले पुरीएका फगामीलाई स्थानीयले उद्धार गरेका थिए ।
घाइतेको स्थानीय किल्नीकमा उपचार नभएपछी सदरमुकाम ल्याईदै गरिएको स्थानीय टेकप्रसाद
सुवेदीले बताए ।
यसैगरी अविरल वर्षापछि आएका पहिरोले जिल्लाका सवै सडकहरु अवरुद्ध भएका छन् ।
सवारी साधन नचल्दा ग्रामिण क्षेत्रका बासिन्दालाई आवत- जावत गर्न र सामान ढुवानी
गर्न समस्या परेको छ ।
पहिरोले एकको मृत्यु
खोटाङ-पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । बुधबार विहान पाँच बजे पहिरोले
पुरिएर जिल्लाको पश्चिमी गाविस बाहुनीडाँडा-२ का ६८ वषर्ीय खड्गबहादुर भुजेलको
मृत्यु भएको हो । खुद्रा पसल गरेर बस्ने उनको श्रीमति भने बाचेकी प्रहरी नायव
उपरीक्षक वसन्त थापाले बताए ।



