इनरुवा – कर्मचारीको मृत्यु भएपछि सुनसरी स्थित कोसी ब्यारेज मुल
भन्सारसहित जिल्लामा रहेका अन्य पाँचवटा छोटी भन्सार कार्यालयहरुको कामकाज बुधबार
ठप्प रहयो ।
कोसी ब्यारेज भन्सार कार्यालयमा कार्यरत खरिदार गणेशलाल श्रेष्ठको मंगलबार राति
निधन भएपछि शोकमा कर्मचारीहरुले आज सुनसरी स्थित सबै भन्सार कार्यालयमा कामकाज ठप्प
पारेका हुन् । कार्यालयमै रहेका बेला खरिदार श्रेष्ठ मंगलबार बिहान अस्वस्थ्य भएका
थिए । मधुमेह र उच्च रक्तचापका बिरामी श्रेष्ठको हिजो राती बिराटनगर स्थित न्युरो
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कर्मचारी मृत्युको शोकमा जिल्ला स्थित सबै भन्सार कार्यालयहरु बन्द हुँदा नेपाल
भारत सिमा नाकामा निकासी र पैठारी नहुँदा ब्यापारीहरु म्ार्कामा परेका छन् ।



