गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन सक्दैनः मसाल लुम्बिनीका प्रवक्ता जि.सी.

Nepal Life

 

गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची। 

अर्घाखाँची  – अर्घाखाँची नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी.ले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गर्नुभएको छ ।

Nepal life insurance

अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभएको छ ।

May be an image of 9 people and text

गणतन्त्रको रक्षा, प्रतिगमनका विरूद्द संघर्ष र संघीयता खारेजीको निम्ती राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शनिबार भूमिकास्थानको पिपलनेटामा आयोजना गरेको चेतनासभालाई सम्बोधन गर्दै प्रवक्ता जि.सी.ले यस्तो बताउनुभएको हो ।

May be an image of 6 people and text

सत्तामा बस्नेहरुको गलत प्रवृतिका कारण नागरिक निराश भएको र त्यहि मौकामा राजावादी सल्बलाएको उहाँको धारणा छ । प्रसंग फेर्दै नेता जि.सी.ले नेपालमा संघिय व्यवस्था फेल भइसकेको दाबी पनि गर्नुभएको छ ।

May be an image of ‎7 people and ‎text that says "‎万女 ملح إ_ wn अणतक्तर्क सधીयताक oT बिरुद्ु सघर्ष पालिका सतरीय π सੁभा र्चा‎"‎‎

नेपालको राजनितिक, आर्थिक वा भौगोलिक कुनैपनि दृष्टिकोणले संघियता असफल सिद्ध भएको उहाँको तर्क छ । संघियता नफाले कालान्तरमा यसले देशलाई भड्खालोमा हाल्ने भन्दै उहाँले विकास र समृद्धिका निम्ती स्थानीय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 10 people and text

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना, जिल्ला अध्यक्ष थम्मन के.सी., नेता सागर के.सी., अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष कमल प्रसाद घिमिरे र राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य देवेन्द्र कुवर लगायतले सम्बोधन गर्नुभएको थियो ।

May be an image of 7 people and text that says "JNn บ गणतबत्रको रक्षा प्रतिजजन संभियताका सारेजीकाल- जनचेतत ੨०८य २०૯૩ संधर्धे तरीय BTT राष्टि 1p"

कार्यक्रममा बोल्दै उहाँहरुले मसानघाटमा अन्तिम सस्कार गरिसकिएको राजा ब्युताउने कुरा दिवा सपना मात्रै हुने तर्क गरेका छन् । संघियताको खारेज गरि मुलुकको विकास र समृद्धिको निम्ति सबै गोलबन्द हुनुपर्ने उनीहरुको जोड रहेको छ ।

May be an image of 5 people, temple and text that says "्| 可 ชุ मणताठत्रको रक्षा प्तिममबका बिसुद्ु संघर्ष रघीयताका सारेशीकालागि पालिका स्तरीय जनचेतना सभा २०८२ आर राष्ट्िय Bieen जल्सार रामि sf"

काँग्रेस, एमाले र माओवादी लगायतका पार्टी राष्ट्रघात गर्नको लागि तछाड मछाड गर्ने गरेको नेताहरुको आरोप छ । अहिलेको सरकार जनताको लागि नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भू–माफियाको लागि बनेको उहाँहरुको जिकिर छ ।

May be an image of 6 people

राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडेको अध्यक्षता, भूमिकास्थान–१ का वडा समिति अध्यक्ष हिमलाल खनालको स्वागत मन्तव्य र भूमिकास्थान–२

May be an image of ‎7 people, temple and ‎text that says "‎JF ふツ女 لا WIl उणतबत्रको पालिका स्तरीय जनचेतना २०८२ रधीयताका सारेजीकालागि रक्षा. प्रतिममनका बिरूद्ु संघर्ष सुभा ष्ट्रय आरोजक जनमोर्चा जिलसा रसिति, अ्धीखोची‎"‎‎

का वडा समिति अध्यक्ष नारायण खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा राजमो जिल्ला सचिव तथा भूमिकास्थान–४ का निर्वाचित वडाध्यक्ष बाबुराम पन्थी, वडा नम्बर २

May be an image of 10 people and text

का अध्यक्ष बुद्धि बहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, कार्यपालिका सदस्य माधवा वेल्वासे, केशरा परियार, अखिल छैठौंका केन्द्रिय सचिव जिवन नेपाली लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

 

Nepal life insurance

 

अन्य समाचारहरु