-कमल थापा
रुकुम – रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ५ जना गम्भीर घाइते छन्। शनिवार राति १० बजेतिर खुमेलबाट गजुलतर्फ जादै गरेको लु २ त ९६२ नम्बरको ट्याक्टर खुमेल ४ खर्क खारामा दुर्घटना भएको हो।
दुर्घटनामा परी खुमेल गाविस ३ का २० वर्षीय भुपेन्द्र रोका र सोही स्थानका २० वर्षीय चम्फासिंह रोकाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी खुमेल ५ का टोपेन्द्र घर्ती, सोही स्थानका भुपेन्द्र गिरी, नविन गुरुङ, दाङ नारायणपुरका दिलबहादुर खड्का र दाङ सेवार बस्ने ठाकुर चौधरी घाइते भएका छन्।
ट्याक्टर सडकबाट करिव २० मिटर तल खस्दा २ जनाको च्यापिएर मृत्यु भएको हो। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ। ट्याक्टर चालक गिरीराज महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्याक्टरका हेल्पर फरार रहेको बताइएको छ। दुर्घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी गजुलबाट प्रहरीको टोली पुगि मृतक तथा घाइतेको उद्दार गरेको छ।



