सात दिन पछि बढयो सेयर, कारोबार भने घटयो

Nepal Life

 

काठमाडौ । सात दिन पछि आज सेयर बजार बढेको छ ।  जसअनुसार सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेर रोकिएको छ ।

आज १ करोड ६२ लाख ५ हजार ५ सय ६५ कित्ता खरिदबिक्री हुदाँ आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर खरिद बिक्री बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । हिजो ८ अर्ब ५० करोड बढी कारोबार भएको थियो ।

आज १८५ कम्पनीको मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

Nepal life insurance