




-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
जेठ–१०,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान–१०, धनचौरका टिकाराम पाण्डे मनिरामले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार विद्यार्थिलाई खाजा बितरण गर्नुभएको छ ।


जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च हटाएर सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थिलाई मनिरामले खाजा बितरण गर्नुभएको हो । उक्त विद्यालयका २२ जना विद्यार्थिलाई प्रतिविद्यार्थि १ सय ५० रुपैंया बराबरको खाजा उहाँले खुवाउनुभएको हो ।


जन्मदिनमा समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न र जन्मदिनको बहानामा गरिने फजुल खर्चलाई सामाजिक सेवामा खर्च गर्ने संस्कारको विकास गर्न आफुले सुस्त मनस्थितिका विद्यार्थीलाई खाजा वितरण गरेको मनिरामले बताउनुभएको छ ।


मनिरामको तर्फबाट विद्यार्थिलाई खाजा बोकेर पुगेका पत्रकार गोपाल प्रसाद भट्टराई र अर्जुन भुसाललाई विद्यालयका प्रधानध्यापक कमला भुसालले धन्यावाद दिनुभएको छ ।

“पवित्र कार्यमा सहकार्य गर्नुभएकोमा यहाँहरुलाई धन्यावाद ।” प्र.अ.भुसालले भन्नुभयो, “जन्मदिनको दिनपनि हामीलाई सम्झिएर यहाँका बालबालिकालाई खाजा सहयोग गर्ने मनिरामजीलाई पनि आभार सहित उच्च प्रगतिको शुभकामना ।”

जन्मदै फरक क्षमता अर्थात सुस्त मनस्थिति भएका २२ जना बालबालिकाले उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेको प्र.अ.भुसालको भनाई छ ।



