





प्रधानाध्यापक अध्ययन अवलोकन भ्रमण (यथार्थ र भ्रम? )

-कृष्ण खनाल
मिति: २०८२ जेष्ठ ७ देखि १० गतेसम्म
स्थान: अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, बाँके, कपिलवस्तु
आयोजक: भुमिकास्थान नगरपालिका, शिक्षा शाखा
१. उद्देश्य:
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले भुमिकास्थान नगरपालिकाले २०८२ जेष्ठ ७ देखि १० गतेसम्म विभिन्न जिल्लाका उत्कृष्ट अभ्यास गरिरहेका विद्यालयहरूको अवलोकन भ्रमण कार्यक्रम आयोजना गर्यो। यस भ्रमणको उद्देश्य सहभागी प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि तथा शिक्षा प्रशासनका पदाधिकारीहरूलाई नवीन शैक्षिक दृष्टिकोण, व्यवस्थापन शैली, भौतिक पूर्वाधार, शिक्षक उत्तरदायित्व, समुदायको सहभागिता तथा विद्यार्थी केन्द्रित क्रियाकलापहरूबारे प्रत्यक्ष अवलोकन गराउनु थियो।
२. सहभागिता:
यस कार्यक्रममा भुमिकास्थान नगरपालिकाका:
• ६२ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि
• ३ संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि
• ६ जना जनप्रतिनिधि
• शिक्षा शाखा अधिकृत श्री नविन खडका
३. मुख्य सिकाइ र प्रतिबिम्ब (Reflections & Learnings):
१. नेतृत्वको हुटहुटी आवश्यक: विद्यालयको समग्र सुधारका लागि विद्यालय प्रशासनको दृढ इच्छाशक्ति र अग्रसरता अपरिहार्य छ।
2. सामूहिक प्रयास: विद्यालय व्यवस्थापन समिति, PTA, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी र समुदायबीचको समन्वयले मात्र गुणस्तरीय विद्यालय निर्माण सम्भव छ।
3. राजनीतिक प्रभाव हटाउनु पर्छ: विद्यालयमा हुने राजनीतिक हस्तक्षेपले शैक्षिक सुधार अवरुद्ध पार्दछ।
4. पुरस्कार र हौसला: राम्रो काम गर्ने विद्यालय, शिक्षक तथा संस्थाहरुलाई पालिकाले पुरस्कार र सम्मान दिनुपर्छ।
5. निरन्तर तालिम आवश्यक: शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीच अन्तरक्रिया र तालिमले चेतना अभिवृद्धि गर्छ।
6. जिम्मेवारी नभएका शिक्षक समस्याको मूल कारण: गैरजिम्मेवार र ठग प्रवृत्तिका शिक्षकले विद्यालयको गुणस्तर गिराउँछन्।
7. प्रविधिको प्रयोग अनिवार्य: सूचना प्रविधि प्रयोग गर्न नसक्ने शिक्षकबाट गुणस्तरीय शिक्षा अपेक्षित हुँदैन।
8. पेशागत नैतिकता: अनुशासन, इमान्दारी, उत्सुकता, र समर्पणबिना कुनै सुधार सम्भव छैन।
9. भौतिक पूर्वाधारको भूमिका: पर्याप्त कक्षाकोठा, खेलमैदान, पुस्तकालय, शौचालय, खानेपानी जस्ता सुविधाले विद्यार्थीको समग्र विकासमा सहयोग गर्छ।
४. निष्कर्ष:
यो भ्रमणले सहभागीलाइ शिक्षाको क्षेत्रका नवीन अभ्यासहरू प्रत्यक्ष अवलोकन गर्ने, आपसी अनुभव आदानप्रदान गर्ने र आफूले कार्यरत विद्यालयमा लागु गर्न सकिने उपायहरू सिक्ने अवसर प्रदान गर्यो। सहभागीहरूको साझा निष्कर्ष यही रह्यो कि विद्यालय सुधार केवल भौतिक विकासमा मात्र नभई नेतृत्व, समर्पण, नीतिगत स्पष्टता, प्रविधिमैत्री शिक्षण, र समुदायको सक्रिय सहभागितामा आधारित हुनुपर्छ।
५. अन्त्यमा,
यो प्रधानाध्यापकहरुको शैक्षिक अवलोकन भ्रमणलाइ लिएर केहि media र व्यक्तिहरुले विभिन्न प्रश्नहरु उठाएका छन् l
– कहाँ गएको ?
+ प्रधानाध्यापकहरुको टोली नेपालका विभिन्न नमुना विद्यालय (public & institutional schools) मा शैक्षिक अध्ययनको लागि गएको हो। यी विद्यालयहरू शिक्षण सिकाइको दृष्टिकोणले अगाडि छन् र उनीहरूबाट सिक्न सकिने धेरै अभ्यास छन्।
– किन गएको ?
+शिक्षा प्रणालीको गुणस्तर सुधार गर्नका लागि केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन, व्यावहारिक अभ्यास पनि आवश्यक हुन्छ।
• सफल विद्यालयहरूको शिक्षण शैली, शिक्षकहरूको भूमिका, पठनपाठन वातावरण, विद्यार्थीहरूको सहभागिता लगायतका पक्षहरू प्रत्यक्ष अवलोकन गर्न र सिक्नका लागि यो भ्रमण गरिएको हो।
• यसले प्रधानाध्यापकहरूको नेतृत्व क्षमता, शैक्षिक योजना निर्माण, तथा विद्यालय व्यवस्थापन मा सकारात्मक प्रभाव पार्नेछ।
+ किन बिद्यालय खाली गराएर गएको ?
=विद्यालय खाली पारिएको होइन,
• सम्बन्धित शिक्षकहरूले पूर्व सूचना दिएर, बिदा लिएर वा समन्वय गरेर भ्रमणमा सहभागी भएका हुन्।
• शिक्षणकार्यलाई प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था मिलाइएको थियो।
यो शैक्षिक भ्रमण व्यक्तिगत फाइदा को लागि होइन, विद्यालयको समग्र सुधार, शिक्षा गुणस्तर वृद्धी, र नेतृत्व विकास को लागि गरिएको हो। यस्तो खालको अभ्यास देशभरका विद्यालयहरूलाई प्रेरणा दिने खालको हो, त्यसैले यसलाई नकारात्मक दृष्टिले भन्दा पनि सकारात्मक सुधारको अवसर को रूपमा लिनु उपयुक्त हुन्छ। यो अवसर जुराइदिएकोमा भुमिकास्थान नगरपालिका अर्घाखाँचीलाइ हार्दिक धन्यवाद l
कृष्ण खनाल
प्रधानाध्यापक
श्री भगवती मा.वि. , भुमिकास्थान-९, डेभा
थप तस्बिर :

















