




-रुद्रमणी भुसाल ,अर्घाखाँची ।
जेठ १३ अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ० देखि १५ र १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्ण खोप पाइरहेको प्रमाणीकरण भएको आज एक कार्यक्रमका बीच घोषणा गरेको छ।

नगरपालिकाको सभाहलमा सम्पन्न नगरस्तरिय खोप समन्वय समितिको बैठक तथा अन्तरक्रीया कार्यक्रम मार्फत पूर्णखोप सुनिश्चितता र दिगोपनाको प्रमाणीकरण गरिएको हो ।


कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख झबीलाल थापाले पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि , स्वास्थ्य चौकी ,आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्र , भूमिकास्थान स्वास्थ्य शाखाका निरन्तर रूपमा काम गरी पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुभयो ।

यस्तो खालको कार्यक्रमले बालबालिकाको मानसिक, सामाजिक शारीरिक रुपमा तन्दुरुस्ती हुनुका साथै बालबालिकाको मृत्युदरलाई शून्यमा पुर्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगदीश चन्द्र नेपालीले स्वास्थ्यकर्मीहरूले आफ्नो नियमित कामको रुपमा जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिनुभयो । पूर्ण खोप सुनिश्चितता कार्यक्रममा भूमिकास्थान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले भूमिकास्थान नगरपालिकाका सम्पूर्ण बालबालिकाहरूलाई शतप्रतिशत रुपमा खोप लगाउन सफल भएको बताउनु भयो।


पूर्णखोप सुनिश्चितता गर्नको निम्ति सहयोग गर्ने नगरपालिका सम्पूर्ण स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य चौकीहरूलाई धन्यवाद दिनु भयो ।


जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण पोखरेलले नियमित रुपमा वडा कर्यालय, नगरपालिका, गाउँपालिका र जिल्लाले पूर्ण खोप सुनिश्चितता घोषणा लुम्बिनी प्रदेशका बाह्रैवटा जिल्लाले प्रत्येक वर्ष गर्ने बताउनु भयो।


कार्यक्रम शेसकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा उनको स्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, स्वास्थ्य चौकीका प्रमुखहरू , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
थप तस्बिर :












