रुपन्देहीको तिनाउ नदीमा केहि दिन अगाडी आएको बाढि । तस्बिर-कृष्ण खनाल, अर्घाखाँचीडट्कम, बुटवल
– कृष्ण खनाल
बुटवल १३ साउन । केही बर्ष यता तिनाउ नदि किनाराका बासिन्दाहरुको अभिषाप बन्दै आएको तिनाउ नदिनको दोहन व्यवस्थित बनाउनुपर्ने एका कार्यक्रमका बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले बुटवलवासीहरुको आम्दानीको गतिलो स्रोत हुदा हुर्दै पनी सहिसदुपयोग नभएको कारण नदिकीनारामा बसोवास गर्ने सुकुम्बासी बस्ती तथा अन्य जनताहरुले सास्ती खेप्नु परेको समेत बताएका थिए ।
तिनाउ नदि किनारामा बसोवास गर्ने स्थानीय बासिन्दाहरु राजनैतिक दलका प्रतिनिधी तथा सरोकारबालाको सहभागीतामा सहिद स्मृत केन्द्र नेपाल ले विहिवार आयोजना गरेको तिनाउ नदि कटान नियन्त्राण र जोखिम न्युनीकरण लागी एक दिने अन्र्तकि्रया कार्यक्रमा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन । कार्यक्रमका विभिन्न बस्ती विकास समितीहरुका संयोजकहरुले सरकारले तिनाउ नदि नियन्त्रणका लागी ससरकाले करोडौ रुपैया खर्च गर्दा समेत समस्या ज्युका त्यु रहेको भन्दै सरकारको का प्रति प्रश्न उठाएका थिए । मजुवा बस्ती विकास समिती बसन्त थापाले करोडौ रुपैया खर्च गरेर नदि नियन्त्रणका लागी अहिलेसम्म ४० देखी ५० लाख थान जाली मा ढुङ्गा राखेर नदि नियन्त्रण गर्ने प्रयास गरेको भए पनि पछिल्लो समयमा जाली सवै नदिले बगाएर लगेको कारण फेला पार्न मुस्कील हुने बताए । उनले नदि नियन्त्रणको लागी ८ ईन्चको प्वाल भएको तारको जालीमा १,२ केजी का ढुङ्गा राखेर भर्ने काम भएको कारण नदिको बहावले जाली बगाएर लाने गरेको उनको भनाई छ ।
कार्यक्रमका बोल्ने बक्तहरुले तिनाउ नदि कटानको दिर्घकालिन समाधनको लागी सिमेन्टको पर्खाल लगाउनु पर्ने कुरामा जोड दिएका थिए । उता जनताको तडबन्द कार्यक्रमका ईन्जीनियर चन्चलसिह विष्ट ले तिनाउको दिर्घकालीन समाधानका लागी विकल्पमा सिमेन्टी पर्खाल लगाएमा मात्र समाधान हुने तर उक्त कार्यको लागी नदिको दुवै किनारामा करी ६ किलोमिटर सिमेन्टको पर्खाल लगाउनु पर्ने बताए ।
उनले उक्त कार्यको लागी धेरै लगानी गर्नुपर्ने तथा लामो समय लाग्ने छ । मोतिपुर गाविसका भिम प्रसाद न्यौपने ले पछिल्लो समयमा तिनाउ नदिलॆ धार परिर्वतन गर्नेक्रम बढेकोले त्यसबाट मोतिपुर गाविसमा समेत ठुलो क्षती हुन सक्ने बताए । उनले विस २०२० साल असार २० गते आएको बाढी ले ३४ जना को ज्यान लिएको वित सम्झीदै उनले त्यही समय नदोहोरीयला भन्न नसकीने अवस्था रहेको बताए ।
जिल्लाका स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमको विशिष्ठ आतिथ्यता प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाललेका राम चन्द्र क्षेत्री नेपाली काङग्रेसका हरि बहादुर आचार्य राजमोका पदम श्रेष्ठ एनेकपा माओवादीका सरद ओली बुनपा अधिकृत विष्णु खनाल नेकपा माक्स्रवादीकी फुलमान गुरुङ्ग लगाएतले बोलेका थिए ।