दैलेख – कालिकोट तर्फ डाँक लिएर जाँदै गरेका दैलेख कुसापानी गाविसका
हुलाकी पे्रमबहादुर कठायतको हत्या भएको रहस्य खुलेको छ ।
कुसापानीको बजंगेनेटाबाट कालिकोट जिल्लाको भुवानथानमा डाँक पुर्याउन हिँडेका १९
वर्षीय कठायतको आइतबार साँझ हत्या भएको हो । उनलाई जिल्ला हुलाक कार्यालयले साउन १
देखि हुलाकी पदमा करार नियुक्त गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख नवराज खड्काले कालिकोट र दैलेखको
सिमानामा पर्ने भुवानथान पुग्नुभन्दा करिब ७ सय मिटर तल जडीको लेकमा धारिलो
हतियारले उनको हत्या भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्न र दोषीलाई
पक्रन प्रहरी परिचालन गरिएको उनले बताए ।
मृतकका बाबु नन्दाराम कठायतले सोमबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् । ‘पेट,
ढाड र खुट्टामा खुकुरी जस्ता धारिलो हतियार प्रहार गरिएको छ’ निमित्त प्रमुख प्रहरी
निरीक्ष्ाक खड्काले भने ।
हत्यामा संलग्नहरुले चिठीपत्र च्यात्नुका साथै रजिष्ट्री सहितका तीनवटा डाँक
हराएको कामु हुलाक अधिकृत पूर्णप्रसाद कोइरालाले जनाए । मदिरा सेवन नगर्ने र नम्र
स्वभावका कठायतको कसैसंग रिसइबी नभएको परिवारले बताएका छन् । अविवाहित मृतक
पे्रमबहादुर नन्दारामका पाचौं छोरा हुन् ।



