अर्घाखाँचीको भूमिकास्थानमा योग तथा ध्यान शिविर सम्पन्नः आयुर्वेदिक उपचार पद्धति र अर्गानिक आहारमा जोड (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई

जेठ–२७,अर्घाखाँची , अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले वडा स्तरमै पुगेर योग तथा ध्यान शिविर संचालन गरेको छ ।

May be an image of 4 people and text

Nepal life insurance

भूमिकास्थान नगरपालिकाको आयोजना, अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्र र जीवन बिज्ञान परिषद लुम्बिनीको प्राविधिक सहयोगमा भूमिकास्थानको ६ देखि १० नम्बर वडाको ५ स्थानमा योग तथा ध्यान शिविर गराइएको हो ।

May be an image of 1 person and text

मेरो स्वास्थ्य मेरो जिम्मेवारी नाराका साथ नगरपालिकामा रहेका जेष्ठ नागरिकलाई प्रत्येक वडामा ४÷४ दिनको शिविर गराइएको भूमिकास्थानको महिला तथा बालबालिका एवं जेष्ठनागरिक शाखा प्रमुख शान्ता आचार्यले बताउनुभएको छ ।

May be an image of 1 person and studying

सोमबार भूमिकास्थान–८ पकलेमा शिविरको समापन गर्दै नगरप्रमुख झविलाल थापाले आयुर्वेदिक उपचार पद्धति र अर्गानिक आहार अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

May be an image of 6 people, people studying and text

रैथाने बाली लोप हुनु र एलोपेथिक औषधि आफुखुशी सेवन गर्ने प्रवृतिले मानव जातीमा दिर्घरोग बढेर गएको उहाँको दाबी छ ।

May be an image of 8 people, people studying and text

नगरप्रमुख थापाले अस्वस्थ खानपान र रहन÷सहनले स्वास्थ्य बिगारेको भन्दै स्वास्थ्य उपचारमा लाग्ने चर्को शुल्क तिर्न युवा विदेशीनुपर्ने बाध्यता रहेको तर्क समेत गर्नुभएको छ ।

May be an image of 8 people and people practising yoga

छोरो विदेशमा भौतारिदा गाउँमा बा–आमा एक्लोपनले डिप्रेशनमा पुगेको यसलाई कम गर्न टेवा पुगोस भनेर भूमिकास्थानले योग÷शिविर चलाएको उहाँले बताउनुभएको छ ।

May be an image of 1 person and studying

भौतिक विकासले मात्रै मानिसलाई शान्ति र समाज समृद्ध बन्न नसक्ने भन्दै नगरप्रमुख थापाले दिगो विकासका निम्ती नागरिक सचेतना जरुरी भएको उल्लेख गर्नुभयो ।

May be an image of 8 people, people studying and text

कार्यक्रममा भूमिकास्थान–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, प्रशिक्षकको तर्फबाट जीवन बिज्ञान परिषद लुम्बिनीका योग प्रशिक्षक हरी प्रसाद खनाल, वडा सदस्य दधिराम गैरे, स्थानिय मुकुन्द खनाल, पत्रकार गोपाल प्रसाद भट्टराई र वडास्तरिय जेष्ठ नागरिक मञ्चका अध्यक्ष खिम बहादुर चुदाली लगायतले बोल्नुभएको थियो ।

May be an image of 5 people

योग र साधनाले जिवनमा खुसी र सुख थपिदिने भन्दै वक्ताहरुले स्वस्थ, सचेत र समृद्ध भूमिकास्थान बनाउने दिशामा यस्तो कार्यक्रमले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । ५ वटा वडाबाट करिब १ हजार जति सहभागीले अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा योग आसन, प्राणायाम र ध्यान अभ्यासमा सहभागिता जनाएका थिए। सहभागीहरूले कार्यक्रमप्रति अत्यन्त उत्साह र कृतज्ञता व्यक्त गरेका छन् ।

May be an image of 7 people, people studying and text

यो कार्यक्रमले भूमिकास्थान नगरपालिकालाई योगप्रति समर्पित नगरपालिकाको रूपमा स्थापित गरेको छ ।

May be an image of ‎6 people, people studying and ‎text that says "‎వಶీట नाममरिक हलाई বন हथ साधना शिविर करयत्रम गेम ก اتا D 비이푸더 라로‎"‎‎

कार्यक्रममा मूख्य प्रशिक्षक हरि प्रसाद खनाल सहित अर्घाखाँची आर्युवेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख कमल प्रसाद आचार्य, योग गुरु रिषिराम आचार्यले सहजीकरण गर्नुभएको महिला तथा बालबालिका एवं जेष्ठनागरिक शाखा प्रमुख शान्ता आचार्यको भनाई छ ।

May be an image of 4 people, people studying and text

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

थप तस्बिर :

May be an image of one or more people

May be an image of 13 people, people studying and text

May be an image of 1 person, performing martial arts, practising yoga and temple

May be an image of 10 people and people practising yoga

May be an image of 7 people and people practising yoga

May be an image of 7 people and text

May be an image of 10 people, people studying and text

Nepal life insurance

 

अन्य समाचारहरु