न्यूयोर्कमा वीपी स्मृती दिवस सम्पन्न

– बिकास बिष्ट


न्यूयोर्क – नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटरको आयोजनामा ३०औ बीपी स्‍मृती दिवस स्थानिय ज्याक्सन हाइट स्थित चौतारी रेस्टुरेन्टमा जुलाई ३१का दिन सम्पन्न भयो ।


न्यूयोर्क च्याप्टरका संयोजक कृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा नेका महासमिति सदस्य एबम अग्रज दाजु कान्छा लामा प्रमुख अतिथी हुनुहुन्थ्यो । ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण गरी महामानब बीपी कोइरालाको तस्बीरमा माल्यार्पण बाट सुरु भएको स्‍मृति सभामा बीपीको राजनैतिक जिवनी, मेल मिलापको नीति र बर्तमान अवस्थामा त्यसको औचित्य बारे अधिकांश बक्ताले बोल्नु भएको थियो ।


बोल्ने क्रममा नेकाका पुराना कार्यकर्ता एबम लेखक बिष्णु बैजुले बीपीको जीवनीबारे चर्चा गर्दै उहाँको बिचारलाई अनुशरण गर्ने नै सच्चा कांग्रेसको अनुयायी हो भन्नु भयो । त्यस्तै ने ज स केन्द्रिय तदर्थ समितिका सदस्य बंसलाल तमाङले बीपी राष्ट्रिय मात्र नभै अन्तराष्ट्रिय बहुआयमिक ब्यक्तित्व हुनुहुन्थ्य । म भन्दा राष्ट्र ठुलो हो भन्दै फासीको सजाय तोकियेको अवस्थामा पनि ज्यान जोखिममा पारी मेलमिलापको नीति लिइ प्रवास बाट फर्कनु भएका बीपी दुरदर्शी नेता हुनुहुन्थ्यो भन्नु भयो । त्यसै गरी नेका का बार्हौ महाधिबेशन प्रतिनिधि तथा महासमिति सदस्य आनन्द बिष्टले बीपीले अबलम्बन गर्नु भएको राष्ट्रिय मेलमिलापको नीति आजका दिनहरुमा अझै टड्कारो महसूस हुन गएको छ। हाम्रो पार्टी र भातृ संगठन हरुमा देखिएका समस्याहरु आन्तरिक मेल मिलापद्वारा समाधान गरी राष्ट्रिय मेलमिलाप नितिलाई साकार पार्नु पर्ने भन्दै भोलिका दिनहरुमा सबै साथिहरु एक जूट भई जाने वातावरणको प्रतिक्षामा आफू रहेको र यो वातावरण गराउन सबै साथीहरुको शुभेक्षाको आग्रह गर्नु भयो ।


प्रमुख अतिथि कान्छा लामाले प्रत्येक बर्ष बीपी को तस्वीरमा माल्यार्पण र अबीर लगाएर मात्र बीपीको स्‍मृति गरेको ठहरिदैन सच्चा दिलले उहाँको मार्ग पहिल्याइ हिड्नु नै सच्चा श्रदान्जली हो भन्नु भयो । स्‍मृति सभाका सभापति कृष्ण पोखरेलले सम्पुर्ण उपस्थित समुदायलाई धन्यबाद दिदै हाम्रा बिद्यमान बिवादहरुलाई अन्त्य गर्न धेरै पटक पहल गरिएको र एक जूट हुन हाम्रा प्रयासहरु निरन्तर् जारी रहने छ भन्नु भई बी पीको ब्यक्तित्वबारे चर्चा गर्नु भएको थियो ।


तरुण दल अमेरिकाका महासचिब मन मोहन घिमिरे तथा ब्लड डोनर्स अमेरिकाका अध्यक्ष अर्जुन मैनालीले पनि आआफ्नो धारणा राख्नु भएको थियो ।  न्यूयोर्क च्याप्टरका महासचिब बिकास बिष्टले सन्चालन गर्नु भएको उक्त स्‍मृति सभामा ने ज स अमेरिकाका केन्द्रीय सदस्य कृष्ण बिष्ट, बरिस्ठ समाज सेवी रत्न लामा, पत्रकार तथा संघ संस्थाका प्रतिनिधि र आम जनसमुदायको उलेख्य उपस्थिती थियो ।