सुदूरपश्चिम प्रदेशको बजेट पारित

 

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मतिले पारित भएको छ ।

Nepal life insurance

बुधबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारको आव २०८२/८३ को बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले यही असार १ गते आगामी आव २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेको थियो ।

 

 

Nepal life insurance