धनगढी – बिहीवार बिहान कैलालीको मसुरिया स्थित कन्याई होटलमा एक युवतीको हत्या गरिएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यलयका अनुसर होटलमा बास बस्न संगै आएको युवकले युवतीको हत्या गरेको हो । एउटै मोटर साईकलमा आएका ती युवायुवती होटलमा बुधबार राति साढे ८ बजे बास बस्न आएका थिए ।
अनुमानित १९ बर्षीया युवतीको घाँटी थिचेर हत्या गरिएको छ । शवलाई तन्नाले बेरेर हत्यरा फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवक बिहान पाँच बजे होटलबाट मोटर साइकल निकालेर फरार भएको बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको एसपी बसन्त पन्तले बताए । अहिले सम्म हत्या गरिएको युवती र हत्यरा युवकको नाम र ठेगना खुल्न सकेको छैन । प्रहरीले स्थानीय नभएर बाहिर बाट उक्त जोडी आएको अनुमान गरेको छ ।



