ओमान नेपाली एकता समाज केन्द्रिय समितिमा कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्री


 

-शालिक राम आचार्य
 
ओमान, मस्कट । १९ अगस्त २०११, का दिन ओमान नेपाली एकता समाज केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ ।

उक्त बैठकको अध्यक्षता समितिका अध्यक्ष शोभाकान्त लामीछानेले गर्नु भएको थियो । बैठकमा बिभिन्न प्रस्ताव माथि बाय्पक छलफल गरिएको थियो जसमा समितिका सदस्यहरुमा अनुसासनको लागि गम्भीर हुनुपर्ने ओमानमा दूखकस्ट गरिबसेका नेपालीहरुको बीच पस्कन गैरहेको तीज कार्यक्रमलाई इमान्दारी र अनुसासन पुर्बक लैजानको लागि सहमती गरियो।

 

ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सदस्यहरु ओमानबाट नेपाल फर्केकोले उक्त रिक्त पदलाई पुरा गर्ने र केहि कार्यक्रताहरुको समयको अभाभका कारण केन्द्रिय समितिमाहुनु पर्ने सक्रियता नभएका कारणले बदल गरियकोछ जो यसप्रकार रहेका छन।

 

ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने, अचानक नेपाल फर्कनु परेकोमा कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्रीलाई नियुक्त गरिएकोछ । ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सदस्य लोक बहादुर थापाको नेपाल बदाई भएकाले उक्त रिक्तस्तानमा सल्लाहकार सोमे तामांगलाई र सल्लाहकारमा सदस्य रमेश रानाभाटलाई नियुक्त गरिएको छ।

सदस्य रमेश रानाभाटको रिक्तस्तानमा माधव कार्की लाईनियुक्त गरिएकोछ सदस्य गोबिन्द भुसाललाई समितिबाट निस्कासित गरिएको छ उनलाई ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सदस्यहरुले निभाउनुपर्ने जिम्मेदारीमा नपाईएकोले निस्कासित गरिएको हो उक्त रिक्तस्तानमा भानीश्वर जैसीलाई निउक्त गरिएको छ।


बैठकमा विष्णु अर्याल, शालिक राम आचार्य ,सिबलाल गिरि, भिमलाल गिरि, नमराज आचार्य लगाएतका सदस्यहरुको उपस्थिती थियो ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने तथा सदस्य लोक बहादुर थापालाई सुभकामनाको साथ स्वदेशको लागि बिदा गरियो साथै कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्री लाई सुभ कामना ज्ञापन गरिएको थियो।