रुकुममा पढाई सकेर खोलामा नुहाउँन गएकी एक १४ वर्षीय छात्रा खोलामा बगेर बेपत्ता

– कमल थापा

 

रुकुम  – रुकुममा विद्यालयको पढाई सकेर खोलामा नुहाउँन गएकी एक स्कुले छात्रा शुक्रबार स्थानीय खोलामा बगेर बेपत्ता भएकी छन्। जिल्लाको पिपल-४ की १४ वर्षीय छात्रा दीपा विकको स्थानीय पिपल खोलामा नुहाउने क्रममा ढुंगामा चिप्लिएर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

शुक्रबार आधा दिनको पढाई सकाएर छात्रा दीपा साथीहरुसँग खोलामा नुहाउँन हिँडेकी थिइन्। दीपा गाउँकै पिपल माविमा कक्षा ८ मा अध्यायनरत थिइन्।


कपडा धोएर नुहाउँनै लाग्दा दीपा एक्कासी चिप्लिए लडेकी थिइन्। गाउँमा पानीको धारा नहुँदा यहाँका स्थानीयहरुले खोलाको पानी नुहाउने र कपडा धुने गर्दै आएका छन्। शुक्रबार चर्को घाम लागेकाले उनीहरुले पौडी खेलेरै नुहाउने भन्दै खोलामा गएका थिए। बेपत्ता छात्रा दीपाको प्रहरी चौकी पिपल, परिवार र स्थानीयले खोजीकार्य गरिरहेका छन्।


 

अन्य समाचारहरु