
गत अगस्ट १३ मा पेरिसमा तिजको सन्दर्भमा गरिएको एक कार्यक्रमलाई दूतावासले अख्तियारीको दूरुपयोग गर्दै ब्यक्तिको नाममा खर्च ब्यहोरेको थियो । नेपालको संविधानको आर्थिक कार्यविधी ऐन २०५५ अनुसार दूतावासको कुनै पनि स्रोत र साधन दूतावास बाहिरका ब्यक्तिले प्रयोग गर्नु कानुन बिपरित मानिन्छ र त्यसरि कानुनको उल्लंघन गर्ने ब्यक्तिमाथि कारवाही हुने प्रावधान छ।

फ्रान्सकालागि नेपाली राजदूत मोहन कृष्ण श्रेष्ठकी पत्नी सजना श्रेष्ठले ब्यक्तिगत रुपमा आयोजना गरेको तीजको कार्यक्रममा सम्पूर्ण खर्च दूतावासले गरेको थियो भने उक्त कार्यक्रमको निमन्त्रणा गर्दा दूतावासकै लेटरप्याड प्रयोग गरिएको थियो । यसै विषयमा नेपालप्लसले दूतावासको अख्तियारीको दूरुपयोग भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भए लगत्तै राजदूत श्रेष्ठले फ्रान्सस्थित आफू निकटका केहि संघ संस्थाका प्रतिनिधीलाई बोलाएर नेपालप्लसका सञ्चालक ददि सापकोटालाई कारवाही गर्नुपर्ने बताएका थिए । उनीमाथि कारवाही गर्न उनले तिनलाई आग्रह गर्दै सापकोटालाई सामाजिक बहिस्कार र नेपालप्लसलाई कारवाही गर्ने धम्कि दिएका थिए । यसरी कुनैपनि ब्यक्तिलाई सामाजिक बहिस्कार गरिनु नेपालको कानुन अनुसार सामाजिक अपराध मानिन्छ ।
तथ्य सहित नेपालप्लसले राजदूतावास र राजदूतको गैर्ह कानुनी र गैर्ह कूटनितिक क्रियाकलापको निरन्तर समाचार प्रकाशित गरिरहेपछि आत्तिएका राजदूत मोहनक्रिष्ण श्रेष्ठले आफ्नो र परिवारको बेइज्जति भएको भन्दै फ्रान्स र नेपालस्थित बिभिन्न ब्यक्ति र शक्ति केन्द्रलाई फोन गर्दै आफूबारेका समाचार रोकिदिन भनसुन गरेका थिए । यसका लागि उनले नेपालका पत्रकार र राजनितिक नेता समेतलाई अनुनय बिनय गर्दै ब्लग सञ्चालक ददि सापकोटालाई सम्झाइदिन आग्रह गरेका थिए । उनले आफू बिरुद्द अरु समाचार प्रकाशित नगर्न पत्रकार सापकोटासित आग्रह गर्दै आफूले शत प्रतिशत गल्ति गरेको स्विकार गर्दै ब्यक्तिगत रुपमा माफी माग्ने बताएका थिए ।
यसपछि उनले नेपाल पल्सलाई एक खण्डन पठाएका थिए जुन नेपालप्लसले प्रकाशित गरेको थियो । यतिले पनि चित्त नबुझेपछि राजदूत राजदूत मोहनक्रिष्ण श्रेष्ठले पत्रकार सापकोटालाई एक्लै गोप्यरुपमा भेट्न आग्रह गरेका थिए ।आफूलाई फसाउन गोप्य रुपम एक्लै बोलाएको भन्दै सापकोटाले केहि संस्थाका प्रतिनिधी सहित मात्रै भेट्ने बताएका थिए । पत्रकार सापकोटालाई लेनदेनमा फसाउने षडयन्त्र सफल नभएपछि उनले खण्डन छापिसकेको समाचारको विषयलाइ लिएर अहिले नेपालप्रेस काउन्सिलमा उजूरी दर्ता गराएका छन् ।
त्यस लगत्तै नेपाल प्लसका सापकोटालाई दूतावासका तर्फबाट पत्र लेखेर दूतावासमा उपस्थित हुन उर्दीसमेत जारी गरेका छन् । आश्चर्य लाग्दो कुरा त के छ भने उक्त उर्दी पत्रमा पत्रकारको परिचय पत्रसहित उपस्थित हुन भनिएको छ । नेपालको संविधान अनुसार हरेक नागरिक लाई सार्वजनिक महत्वका बारेमा सूचना लिने अधिकार छ । तथापी सापकोटा नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्यसमेत हुन् ।



