– लालबहादुर ढेंगा
दुबई, युएई । गत २६ अगष्ट २०११ शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाली मगर संघ युएईको छैठौ महाधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ । सो महाधिवेशनले पूर्णबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन समेत गरेको छ ।
उक्त महाधिवेशन निवर्तमान अध्यक्ष गिरमान थापाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको आसनमा लालबहादुर ढेंगा रहनु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा नुनप्रसाद सोमै पूर्णबहादुर थापा र ललितमान राना रहनु भएको थियो ।
सन् २००५ मा कर्णबहादुर थापाको नेतृत्वमा स्थापना भएको नेपाली मगर संघ युएईले स्थापनाकालदेखि नै युएईस्थित रहेका प्रवासी नेपालीहरुको समस्याहरुलाई समाधान गर्दै आइरहेको छ भने प्रवासमा आफ्नो रितीरिवाज र परम्परालाई पनि कायम राख्दै मगर जातिको उत्थान पनि गर्दै आइरहेको छ । युएईस्थित रहेका सम्पूर्ण मगरहरुलाई अझै समेट्ने गरी ३० दिराम शुल्क दिएर आजीवन सदस्य लिनको पनि व्यावस्था गरिइएको छ ।
आगामी दुई बर्षे कार्यकालका लागि चयन भएका पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ । क्रमशः अध्यक्षमा पूर्णबहादुर थापा वरिष्ठ उपाध्यक्षमा नुनप्रसाद सोमै उपाध्यक्षमा ज्ञानबहादुर सारु द्धितीय उपाध्यक्षमा वविता राजकोटी कोषाध्यक्षमा उपेन्द्र राना सह-कोषाध्यक्षमा पूर्णप्रकाश पूर्वछाने महासचिवमा भरत राना सचिवमा ललितमान राना र प्रवक्तामा खुम आले रहेका छन् भने तीन जना सदस्यहरुलाई पछि थप्ने गरी इन्द्रिरा आले रोमिशा पुन राजु िसंजाली टेक गाहा मुक्त थापा भुवन िसंह थापा चन्द्र सारु र लोक आलेलाई चयन गरेको छ । त्यस्तैगरी अन्य सल्लाहकारहरुमा गिरमान थापा लालबहादुर ढेंगा होमबहादुर थापा र गमबहादुर थापा रहेको छ ।
नेपाली मगर संघ युएईको दुई बर्षसम्मको गतिविधि र लेखाजोखालाई निवर्तमान महासचिव नुनप्रसाद सोमैले आफ्नो कार्यप्रतिवेदन पढेर सुनाउनु भएको थियो । संयोजक पूर्णबहादुर थापाको स्वागत मन्तव्यबाट थालनी भएको महाधिवेशनको संचालन भरत रानाले गर्नु भएको थियो ।