अमिताभ बच्चनलाई ‘डन’ बनाएका निर्देशक बरोटको निधन

imagesimages

 

काठमाडौँ । बलिवुड अभिनेता अमिताभ बच्चनको लोकप्रिय र सफल फिल्म ‘डन’ का निर्देशक चन्द्र बरोटको निधन भएको छ ।

८६ वर्षीय चन्द्रको आइतबार बिहान मुम्बई स्थित गुरु नानक मल्टी स्पेशलिटी अस्पतालमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Nepal life insurance

कैयौं दिनदेखि अस्वस्थ रहेका बरोटको आइतबार बिहान हृदयघातका कारण निधन भएको रिपोर्टमा उल्लेख छ ।

चन्द्र बरोटले ‘पूरब और पश्चिम’ (१९७०), ‘यादगार’ (१९७०), ‘शोर’ (१९७२), ‘रोटी कपडा और मकान’ (१९७४) जस्ता फिल्महरूमा सहायक निर्देशकको रूपमा काम गरेपछि डनको निर्देशन गरेका थिए ।

फिल्म ‘डन’ को पटकथा सलीम-जावेदले लेखेका थिए ।

२००६ मा, जावेद अख्तरका छोरा फरहान अख्तरले ‘डन’ नामको फिल्मको रिमेक बनाएका थिए । यसमा शाहरुख खानले अमिताभ बच्चनको दोहोरो भूमिका निभाएका थिए ।

 

Nepal life insurance