अगष्ट २९ सोमवार -गैरआवाशीय नेपाली संघ दक्षिण कोरियाको तेश्रो महाधिवेसनले केपी सिटौलाको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष देखी सदस्य सम्मको सबै पदमा उम्मेदवारी परेपनि कोषाध्यक्षमा सिर्जना नेपाली र सह सचिवमा राजिव भण्डारी सहमतिको आधारमा निर्विरोध चयन भएका थिए ।
एनआरएन आइसिसि सदस्यमा निर्वाचित पदाधिकारीहरु डा. देबी बाहादूर बस्नेत, एनआरएन कोरियाका अध्यक्षमा केपी सिटौला, उपाध्यक्षमा राजु क्षेत्री,लोचन राई, मणिक लामा, सचिवमा प्रकाश धमला,सह सचिवमा राजिव भण्डारी ,कोषध्यक्षमा सिर्जना नेपाली छन।
यसै गरी सदस्यहरुमा भरत सेढाई,लोक नाथ खरेल,मनोज कुमार डाँगी,हरिकृष्ण श्रेष्ठ,नारायण थपलिया,रमेश राज भट्टराई,सरोज महतो तथा गोमा कुमारी(निर्वाचित ,महिला आरक्षण )रहेका छन।
राजधानी सउल स्थित जुङमु कुमिन सेन्टरमा सम्पन्न भएको निर्वाचनको मत गणना नेपाली दूतावासमा गरिएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई आज विहान ३ :३० बजे नेपाली दूतावासको सभाहलमा एनआरएन एसिया प्यासिफिक सह संयोजक रुद्र सर्माले
सपथ ग्रहण गराएका थिए।



