बारामा भएको सडक दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

बारा  – बाराको अमलेखगन्जमा मंगलबार दिउसो करीब एक बजे भएको सडक दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

त्रिभूवन राजपथ अन्तर्गत हेटौडाबाट पथलैया तर्फ जादै गरेको ना १७ प ९५७३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जादै गरेको बा १ ख ९०१४ नम्बरको मकालु यातायातको बसले ठक्कर दिदा मोटरसाईकलमा सवार एक बालक सहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हासपोसा गाविस वडा नम्बर २ निवासी ३० वर्षिय शरण अधिकारी, उनकी पत्नि २७ वर्षिय भारती कडेल र छोरा दुई वर्षिय आयुश कुमार रहेको प्रहरीले जनाएको छ ।

मृतक सबैको शव परिक्षणको लागी नारयणी उपक्षेत्रिय अस्पताल बीरगंजमा राखिएको र आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु