बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली महिलाहरुको महान चाड तिज भव्य रुपमा सम्पन्न


बेल्जियम । बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली महिलाहरुको महान चाड हरितालिका ( तिज )पर्वको उपलक्ष्यमा  भव्य रुपमा  कार्यक्रम सम्पन्न भएको छ ।


नेपाली राजदुताबास बेल्जियमका महामहिम राजदुतको (परिवार ) श्रीमति संगिता हमालले  प्रमुख अतिथिको तर्फबाट मैन बतmी बालेर  उदघाटन  गर्नु भएकोे सो कार्यक्रममा एन आर एन बेल्जियम आइ सी सी सदस्यद्धय अर्जुन कुमार श्रेष्ठ पिजी शेर्पा ,अध्यक्ष जानकी गुरुङ्घ, एन आर एन युरोप सह संयोजक रबिनद्र मान श्रेष्ठ लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो । भने  नेपालबाट बेल्जियममा धार्मिक कार्यक्रम गर्न आउनु भएका प. दिनबन्धु पोखरेलले कार्यक्रमको मध्य भागमा तिजका सन्दर्भमा छोटो विचार समेत राख्नु भएको थियो ।

उतm कार्यक्रममा ३०० भन्दा बढि संख्यामा नेपाली तथा गैर नेपालीहरुको उपश्थिति थियो ।  सो कार्यक्रममा आयोजक समितिका महिला तथा अन्य सहभागी महिलाहरु नेपाली  भेषभुषामा सजिएर विभिन्न नेपालीे खानाका परिकारहरुको स्वादमा रमाउदै नेपाली तिजका  गितहरुमा महिला तथा पुरुषहरु नांचगान गरि तिज पर्वको महिमालाई स्मरण गराएका थिए । प्रवासमा आएर पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज   पर्व हर्षोउल्लासका साथ मनाउन पाउंदा अपसी सहयोग, सदभाब र सम्बन्धको विकास हुने कुरामा सहभागी सबैले गौरबको अनुभुति व्यतm गरेका थिए ।


उतm कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्नुहुने सहयोग दाताहरु कमल भारती ( ब्रुगे )