भारतको फरीदावादमा तीजि पर्व २०६८ भव्य रुपमा सम्पन्न (तस्बिर सहित)

– बाबुराम थापा

 

फरीदावाद, भारत – भारतको  फरीदावादमा विगतका विर्शहरूमा भन्दा यस वर्शको तीजि पर्व अलिक फरक रुपमा मनाइएको छ ।

 


 

विगतका वर्शहरूमा तीज पर्वलाई महिलाहरूको वेदाना प्रस्तुत गर्ने दिन तथा मनका वह पोख्ने दिन भनेर मानिने गरिथ्यो । तर यस पटकको तीज पर्व महिलाहरूले महिला मुक्तिको आन्दोलनका साथै राश्ट्रियता रक्षाको नारालाई प्रस्तुत गर्ने गरि मनाएका छन् । कुनै ठाउँमा महिला दिदी बहिनीहरूले देषमा षान्ति र संविधानको आवष्यकतालाई आम जनता बीच पुयाउने कोषिसमा रहेको देखियो ।

 


 

तर प्रवासमा भने महिलाहरूले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनी रहेर षान्ति, संविधान, गणतन्त्र संस्थागत तथा संघीयताको खारेजीको नारालाई आम नेपाली जनता समक्ष पुयाउने ध्ययका साथ सम्पन्न गरेका छन् । भारतका धेरै जसो षहरहरूमा सम्पन्न तीजि कार्यक्रममा कतै नेताहरूको भाशण सहित राश्ट्रियताको रक्षाको सवाललाई जोडदार रुपमा उठाए भने कतै महिलाहरूको सुमधुर स्वर तथा लयमा राश्ट्रियता माथि दिनप्रति दिन पदै‍र् गएको संकटलाई जनता समक्ष जस्ताको तस्तै प्रस्तुत गर्ने काम भएका छन् ।

 



यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा सेक्टर 17 को डिसी क्लोनीको मैदानमा भव्य र सान्दार रुपमा तीजि पर्व 2068 सम्पन्न भएको छ । महिला नगर समितिका सचिव अमृता रेष्मीको संचालन तथा नगर अध्यक्ष मिश्री खड्काको अध्यक्षता एवं कमला कुंवरको स्वागत भाशण र कलाकारहरूद्वारा स्वागत गितबाट अगाडि बढेको सो तीजि कार्यक्रमको उद्घाटन पष्चिमोत्तर महिला क्षेत्रीय समितिकी सदस्य गुनकुमारी रेष्मीले गनु‍र्भएको थियो ।

 


 

कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य सूर्यबहादुर क्षेत्री, क्षेत्रीय समितिका वि.षंकर पराजुली, रमेषचन्द्र क्षेत्री, गोकर्ण कुमाल, दक्षिण नगर समितिका अध्यक्ष सुसील विसी, सचिव बाबुराम थापा, उत्तर नगर समितिका अध्यक्ष धर्म खनाल, नगर सचिव दिनेष पन्थी, सहसचिव केषवराज जोसी, राश्ट्रिय जनमोर्चा गुल्मीका षेरसिंह खत्री, विष्व नेपाली साप्ताहिकका कुवेर भण्डारी र हाम्रो गुल्मीन्यूज डांटकमका नरेश  जिसीको आतित्थ्यता रहेको थियो ।