नेकपा (मसाल) को सदस्य तथा भूमिकास्थान-२ का पूर्व वाड सदस्य खनालको निधन

imagesimages

-टेकराज भुसाल।

अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी (मसाल) को पार्टी सदस्य हरि बहादुर खनाल (थाम)काे निधन भएको छ। अर्घाखाँचीको भूमिकास्थान–२ ढाकावाङ्ग निवासी राष्ट्रिय जनमाेर्चा र नेकपा (मसाल)का विभिन्न तहमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका खनालको बिहीबार राति दुःखद निधन भएको हो।

May be an image of 5 people and text that says "HD"Nepal life insurance

युुवा अवस्थादेखि नै पार्टीका विभिन्न माेर्चा हुदै नेकपा (मसाल)को पार्टी सदस्य भएर संगठनमा काम गर्दै आउनुभएका खनाल केहि समयदेखि क्यान्सर राेगबाट ग्रसित हुनुभएकाे थियो उहाँको ७१ वर्षको उमेरमा निधन भएको हो।

बामपन्थी विचारधाराबाट अगाडि बढ्नुभएका हरि बहादुर खनाल पार्टी काम र आन्दोलनमा मात्र नभई सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो ।

उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे वडा सदस्य पदमा निर्वाचित समेत हुनुभएको थियो।

स्वर्गीय खनालको सम्मानमा अन्तिम दाह संस्कार पूर्व नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले उहाँको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ ।

images

May be an image of 10 people

उहाँलाई अन्तिम श्रदान्जली दिन राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, राजमाे जिल्ला सचिव तथा भूमिकास्थान-४ का वडाध्यक्ष बाबुराम पन्थी (सुनार), राजमाे जिल्ला सदस्य तथा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापा, राजमाे जिल्ला सदस्य तथा भूमिकास्थान-३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे सहित अन्य राजनीति दलका प्रतिनिधि, आफन्त , शुभचिन्तकको व्यापक उपस्थिति रहेको थियो ।

images

May be an image of 10 people and tree

राष्ट्रिय जनमाेर्चाकाे आयोजनामा सम्पन्न उक्त शाेक सभाको संचालन टेकराज भुसालले गर्नुभएको थियो। परिवार नै राजमोमा आबद्ध रहंदै आएको उहाँको परिवारमा ४ छाेरा र ४ छाेरीहरु हुनुहुन्छ ।

images

 

Nepal life insurance