अमेरिकाको ओक्लाहोमामा तीज कार्यक्रम सम्पन्न

दिपक बस्याल


अमेरिकाको ओक्लाहोमा राज्यअन्तर्गत स्टिलवाटर शहरमा बस्ने नेपाली महिलाहरूले  यस बर्षको तीज विभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाएका छन्|


दर खाने कार्यक्रम बाट शुरु भएको उक्त कार्यक्रममा रंगीचंगी रातो सारी र विभिन्न गरगहनामा सजिएका नेपाली दिदीबहिनीहरुले बिशुद्ध नेपाली तीजका गीतहरुमा नाचगान गरी नेपाली  संस्कृतिलाई परदेशी भूमिमा पनि निरन्तरता दिने काम गरेका हुन ।


हरेक नेपाली  चाडपर्वलाइ महत्वका साथ मनाउने ओक्लोहामाको यो नेपाली समुदायले  संस्कृति जोगाउ अभियान अन्तर्गत  यस वर्ष पनि दशैँ, तीहार लगायतका अन्य चाडपर्वहरु लाई पनि निरन्तरता दिने सोच बनाएको कुरा ओक्लाहोमा नेपाली समाजका सदस्य श्री दुर्गा जंग के सी ले बताउनु भएको छ|