झाक्रिशालाका युवाहरूको पहलमा क्यान्सर पीडित बिकलाई आर्थिक सहयोग (तस्बिर सहित)

imagesimages

 

झाक्रिशालाका युवाहरूको पहलमा क्यान्सर पीडित बिकलाई आर्थिक सहयोग

अर्घाखाँची। भूमिकास्थान नगरपालिका–२, ढाकावाङ्गकी क्यान्सर पीडित धनकला बिकलाई देविकास्थान–झाक्रिशाला टोल विकास संस्थाका युवाहरूको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ।

May be an image of 5 peopleNepal life insurance

उपचारका लागि आर्थिक अभावमा परेकी बिकलाई सहयोग गर्न संस्थाका युवाहरूले ८१ हजार ४ सय २५ रुपैयाँ संकलन गरी उक्त रकम पीडितका श्रीमान् हिमबहादुर बिक र छोरा तिलक बिकलाई औपचारिक रूपमा घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र खत्री, सचिव गणेश सुनार, भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालका संयोजक टेकराज भुसाल लगायतका युवाहरूको उपस्थिति रहेको थियो।

May be an image of 10 people, people smiling and text

सहयोग रकम हस्तान्तरण गर्दै भूमिकास्थान नगरपालिका नगरस्तरी युवा संजालका संयोजक टेकराज भुसालले झाक्रिशालाका युवाहरूले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व वहनमा सबै युवाहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाहरूको एकताले पीडितलाई राहत दिलाएको उल्लेख गर्दै यस्ता सकारात्मक अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

images

May be an image of 6 people and textMay be an image of 5 people

टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले संस्थाको अगुवाइमा गरिएको सहयोग अभियान अझ विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “थप सहयोग संकलन गरेर फेरि पनि पीडित परिवारलाई साथ दिनेछौँ,” उहाँले भन्नुभयो।

images

May be an image of 5 people and text

त्यस्तै, संस्थाका सचिव गणेश सुनारले आर्थिक सहयोग मात्र नभई श्रमदानमार्फत् पनि झाक्रिशालाका युवाहरू सक्रिय रहेको जानकारी दिनुभयो। उहाँका अनुसार युवाहरूको टोलीले १ किलोमिटर टाढाबाट शुद्ध पिउने पानी पाइपमार्फत् घरमै पुर्‍याउने कार्यसमेत गरिसकेको छ।

images

May be an image of 8 people, people smiling and text

हाल धनकला बिकको चितवनमा उपचार भइरहेको छ। उपचार खर्च अझै आवश्यक रहेकोले संस्थाले सबैमा सहयोगको अपिल समेत गरेको छ।

May be an image of 8 people, people smiling, motorcycle and temple

Nepal life insurance

Nepal life insurance