शुक्रवार अपरान्हको बर्षाले सुस्पाक्षेमावती र सुन्द्रावती गाविसका खोलामा आएको वाढी सडक हुँदै वस्तीमा पसेपछि एक घर भत्किएको छ भने ६९ घर र सयौ रोपनी जमिनमा क्षेती पुगेको छ । सडक विग्रिएपछि उत्तरका २० गाविस जोड्ने दोलखादेखि लामावगरसम्मका ६८ किलोमिटर सडकमा यात्रा गर्ने ५० हजार नागरिक यातायात सम्पर्कबाट विच्छेद भएका छन् । सुस्पा गाविसका घर, आँगन र बारीहरु चर्किएर जोखिम अवस्थामा छन् ।
स्थानीय छ राजनीतिक दलको सर्वदलीय संयन्त्रले सडक निर्माण गर्दा खोलाको आकारको आकलन नगरी सानासाना हेमपाइपहरु राखिएकाले वस्तीभित्र बाढी पसेको निष्कर्ष निकालेका छन् । माथिल्लो तामाकोसी प्रवेश मार्ग जाने सडक स्तरबृद्धि गर्दा राखिएको आठ वटा हेमपाइपहरु थुनिएर सडकबाट पानी वग्दै सुस्पाक्षेमावती वडा नं.५ र २ मा पसेको थियो ।
जिल्ला प्रशासनको अनुगमण टोलीले खोला र खोल्छाको सबै हेमपाइपहरु थुनिएको अवस्थामा पाइएको बताए ।सडक केहीदिन अबरुद्ध हुने भएकाले खोलाहरुमा अस्थायी पुल हाल्नुपर्ने र राहतको व्यवस्था हुनुपर्ने ठहर प्रशासन टोलीको छ । चरिकोटबाट सिंगटीतर्फ १२ किलोमिटरदेखि १७ किलोमिटरसम्म खोला वस्तीमा फर्किएर सडक र घरहरु क्षेती भएका छन् ।
सुस्पा र सुन्द्रावतीका सर्वदलीय संयन्त्रले सडक निर्माण गर्दा प्राविधिक त्रुटि भएकाले क्षेतीको जिम्मेवारी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले लिनुपर्ने बताए । हिउँदभर हालेको ग्राभल गुणस्तरयुक्त नभएकोले पुरै काम नलाग्ने भएको र



