आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

imagesimages

 

काठमाडौँ । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइदैछ ।

यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइदै छ ।

Nepal life insurance

सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने गरि तोकिएको थियो ।

मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।

 

Nepal life insurance