कतारमा एकता समाजको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

कतार नेपाली एकता समाजले मुस्लिम समुदायको महान चाड रमादान इदको पहिलो दिन बृहृत कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

उक्त कार्यक्रम समाजका उपा-सभापति दावा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रशिक्षकहरुमा अन्र्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ कतार नेपाली एकता समाजका सचिवालय सदस्य चन्द्र वहादुर नेपाली समाजका अर्का सचिवालय सदस्य अर्जुन थापा र अन्य प्रशिक्षकहरुमा एकता समाजका महासचिव भिमकान्त पंन्थी कार्यवाहक सभापति हेमन्त वाइवा समाजका सचिव टुकनाथ शर्मा रहनु भएको थियो ।

 

प्रशिक्षण कार्यक्रममा महासचिव श्रेष्ठले मानव र मानव सभ्यताको विकास कसरी भयो र हामी कुन चरणमा छौ । भन्ने बारेमा करीव दश मिनटको भिडियो सहित प्रस्ट पार्नु भएको थियो । साथै उहाँले ऐतिहासिक भौतिकवाद लगाएतका विषयहरुमा एक घण्टा लामो प्रशिक्षण दिनु भएको थियो । अर्का प्रशिक्षक एकता समाजका सचिवालय सदस्य चन्द्र वहादुर नेपाली ले एकता बचत तथा ऋण सहकारी संस्थाको बारेमा विस्तृत रुपमा जानकारी िदंदै सम्पूर्ण कतारमा रहनु भएका प्रवासी नेपालीहरुलाई यस संस्थामा आवद्ध हुन आग्रह गर्नु भयो ।

 

समाजका अर्का सचिवालय सदस्य अर्जुन थापाले भन्नु भयो दोहाका गल्ली -गल्लीमा बसेर मजदूर मुक्तिका कुरा गर्ने चर्का चर्का भाषण गर्ने तर व्यवहारमा तिनै  दलाल मजदूरमारा संग घाँटी जोड्ने प्रवृतिको कडा शब्दमा विरोध गर्दै यस्ता दुइ जिव्रेहरुसंग सम्पूर्ण मजदूरहरुलाई सचेत रहन आग्रह गर्दै मजदूरहरुको प्यारो संगठन कतार नेपाली एकता समाजमा गोलबन्द हुन समेत आग्रह गर्नु भयो । अर्का प्रशिक्षक कार्यवाहक सभापति हेमन्त वाइवाले संघीयता सम्बन्धी आफ्नो धारण राख्दै भन्नु भयो आफु सिद्धान्तत संघीयताको विरोधी नभएपनि नेपालको हकमा संघीयताका पूर्वधारहरु नभएको हुदा कुनै पनि प्रकारको संघीयता उपयुक्त नभएको प्रष्ट पार्दै अन्तत जर्वजस्ती जनताको भावना विपरित संघीयतामा गएमा देश नै विखण्डन हुने सम्भावनालाई नकार्न मिल्दैन र अहिले सम्पूर्ण रोगको उपचारको रुपमा संघात्मक संरचनालाई प्रयोग गरिएको छ । यो प्रकृया जारी रहेमा र यस्तै प्रकारले भ्रर्म छर्न राजनीतिक पार्टी सफल भएमा देश संघीयतामा जाने छ । तसर्थ सम्पूर्ण देशभक्त नागरीक एक भएर आम सर्वसाधरणलाई सचेत गराउन जरुरी भएको छ भन्दै उहाँले अगाडी थप्नु भयो नेपाल जस्तो अल्प विकसित राष्ट्रमा जातीय संघीयता दिएर नेपालको विकास गर्छु भन्दै हिड्नु दिवा सपना मात्र हो ।

 

सपना देख्नु स्वभाविक हो तर सपनाकै मिठो स्वादमा राष्ट्र हाँक्न खोज्नु वालुवाले मात्र महल खडा गर्नु हो नत वालुवाले मात्र महल खडा गर्न सकिन्छ नत सपनाले राज्य संचालन नै नेपालको हकमा यो प्रणाली केन्द्रमा रहेका ठालुहरुको हातबाट शासन लिइ क्षेत्रमा रहेका ठालुहरुका हातमा दिने शासन हो तसर्थ सम्पूर्ण देशभक्त नागरीकहरुलाई एक भएर देश बचाउने आन्दोलनमा सहभागी हुन आग्रह गर्नु भयो अन्य प्रशिक्षकहरुमा समाजका महासचिव भिमकान्त पंन्थी र समाजका सचिव टुक नाथ शर्माले पनि विभिन्न विषयहरुमा प्रशिक्षण दिनु भएको थियो साथमा रत्तिम सांस्कृतिक अभियान दोहा कतारका कलाकारद्धारा बिच-बिचमा नृत्य तथा गीतले प्रशिक्षणमा सहभागीहरुलाई भरपुर मनोराजन प्रदान गरेको थिए ।

 

स्वगत मन्तव्य केन्द्रिय सदस्य धन बहादुर परियार र संचालक केन्द्रीय कोषाअध्यक्ष सविन श्रीसको रहेको थियो भने प्रशिक्षणमा कतार नेपाली एकता समाजका एरिया इकाइ तथा साधारण सदस्यहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।