उदयपुर । भारतको दिल्लीबाट काम गरी घर फर्किएका एक नेपालीको दुईहजार ५ सय रकम भारतीय भन्सारकर्मीले लुटेका छन् ।
आज बिहान भारतको दिल्लीस्थित हरियाणाबाट काम गरेर घर फर्किएका उदयपुर जिल्ला घर भएका चन्द्रबहादुर बुढाथोकीलाई जबरजस्ती गरेर रकम लुटेका हुन् । खल्तीमा जबरजस्ती हात हालेर साथमा रहेको आठ हजार भारतीय रकममध्ये दुईहजार ५ सय लुटेर लगेको पीडित बुढाथोकीले बताए ।
आफूसंगै टांगामा आएका अन्यहरुसंग समेत मनोमानी ढङ्गले भारतीय भन्सारकर्मीहरुले रकम लुटेको उनले बताए । नेपालीहरुको महान चाड बडादशै आउन एकमहिना मात्रै बाँकी रहेका बेला दशै मनाउन पश्चिमी नाका भएर घर फर्किने नेपालीहरुसंंग विभिन्न बहानमा भारतीय भन्सारकर्मीका साथै प्रहरीहरुले रकम असुल्ने गरेका छन् ।