धादिङमा माइक्रोको ठक्करबाट एक छात्राको मृत्यु

रामेश्‍वर कार्की

 

बैरेनी – धादिङको बैरेनी-८ गल्छी नजिकै माइक्रोको ठक्करबाट एक छात्राको मृत्यु भएको छ।

 

पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंबाट पोखरा जाँदै गरेको बा १ ज ९३९४ नम्बर माइक्रोको ठक्करबाट सात वर्षीया छात्रा प्रमिला मिजारको घट्नास्थलमै मृत्यु भएको हो।

 

मिजार विद्यालयबाट परीक्षा दिएर घर फर्किँदै थिइन्।

अन्य समाचारहरु