दैलेख – दैलेखको विशाला गाविस वडा नं ३ सुइयामा विवाद मिलाउने क्रममा एक युवाको ज्यान गएको छ । भैंसीको विषयमा बाबुछोराबीच भइरहेको विवाद साम्य पार्न गएका महेन्द्र शाहीको दाई दीपबहादुर शाहीको छुरा प्रहारबाट मृत्यु भएको हो ।
हर्कबहादुर शाही र उनकै सहोदर छोरा दीपबहादुरबीच भैंसीको विषयलाई लिएर हात हालाहाल भइरहेका बेला दुवैलाई मिलाउन भनी उनी त्यहाँ पुगेका थिए । अभियुक्त दीपबहादुरका बुबा हर्कबहादुर शाही पनि घाइते छन् ।
मृतक महेन्द्रको शनिबार राति उपचारका लागि जिल्ला ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
अभियुक्त दीपबहादुर शाही फरार रहेको उनको खोजी भइरहेको लकान्द्रस्थित प्रहरी चौकीले जनाएको छ ।



