महिला सशक्तीकरणमार्फत सहकारीको योगदान उल्लेखनीय : वडा अध्यक्ष थापा (तस्बिर सहित )

imagesimages

 

-टेकराज भुसाल।
अर्घाखाँची । भगवती कृषि सहकारी संस्था लिमिटेड, भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गले स्थापनाको ९औं वसन्त पार गर्दै १०औं वर्षमा प्रवेशको अवसरमा महिला सशक्तीकरण तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।

Nepal life insurance

कार्यक्रमकाे भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्दै वडाध्यक्ष थापाले सहकारी संस्था गाउँघरको आर्थिक विकाससँगै महिला सशक्तीकरण र सामाजिक एकताका लागि महत्वपूर्ण आधार भएको बताउनु भयो।

May be an image of ‎1 person, tree and ‎text that says "‎דדה शभसावलीकु्सकारींश्ा 郵 भगवती कषि सहकारी संस्था लि. स्थापना स्थापनादिवस. दिवस महिलासशक्तिकर महिला सशक्तिककरण तीजमिलन तीजमिलनकार्यक्रम तीज मिलन कार्यक्रम 日1 ー5 品 美 重 सর ម្កព‎"‎‎

उहाँले भन्नुभयो, “सहकारीले महिलालाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याएको छ। यस्तो संस्थाले गाउँमा आर्थिक मात्र होइन, सामाजिक चेतना र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।”

May be an image of 1 person, crowd and text

स्थापना दिवस तथा तीज मिलन कार्यक्रममा वडा सदस्य नारायणप्रसाद खनाल, देविकास्थान–झाक्रिशाला टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र खत्री, भूमिकास्थान युवा संजालका संयोजक टेकराज भुसालसहित सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

May be an image of 1 person and tree

सहकारीका अध्यक्ष गणेश सुनारको अध्यक्षता र सचिव रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरुले दर खादै मौलिक तीज गीत गाएर नाचगान समेत प्रस्तुत गरेका थिए।

थप तस्बिर:

May be an image of 11 people

May be an image of 1 person and tree

May be an image of 9 peopleMay be an image of 1 person, crowd and text

 

Nepal life insurance

अन्य समाचारहरु