महानगरीय प्रहरी वृत्त बौद्धले अवैध घरेलु मदिरा बनाउँदै आएका चार जनालाई काठमाडौंको जोरपाटी नयाँबस्तीबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई घरको छतमा मदिरा बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले पाँचसय लिटर मदिरा पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु बेनीका फुर्वा शेर्पा, नवलपरासीका मीना लामा, सिन्धुलीका सोनु लामा र कान्छी तामाङ छन् ।
यस्तै जर्किनमा घरेलु मदिरा लिएर बिक्री गर्दै हिड्ने काभ्रेका तनाम लामा र सोलुखुम्बुका कान्छा शेर्पालाई पक्राउ गरी कारबाही चलाएको बौद्ध प्रहरीले जनाएको छ ।