बाग्लुङ सेवा समाज युएइ औपचारिक रुपमा गठन

– उमाकान्त पाण्डे “गाउंले”

यूएइ डेस्क – बाग्लुङ सेवा समाज युएइ औपचारिक रुपमा गठन भएको छ । बाग्लुङ बाट यूएईमा आइ बिभिन्न पेशामा कार्यरत बाग्लुङेलीहरु को एक भेला गरी समाजको गठन गरिएको छ।

यस् अघी जुलाई २२ तारिकका दिन गोपाल कंडेलको सयोजकत्वमा गठित तदर्थ समितीले बाग्लुङ जिल्लाबाट रोजगारीको सिलसिलामा युएइमा रहेका  सम्पूर्ण बाग्लुङबासीहरुको भेला गरी  गत शुक्रबारका दिन बर दुबइ स्थित क्यारिफोर पार्कमा बैठक बसी आफ्नो समाजलाई औपचारिक रुपमा गठन गरेको घोषणा गरेका छन।

११ सदस्यिय कार्यसमिती रहने गरी गरी गठित समाजमा क्रमश:गोपाल कंडेल अध्यक्ष,कृण्ण केसी,तथा यम पुन उपाध्यक्ष,केदार सिंह नेपाली सचिब,पूर्ण सापकोटा,सह-सचिब,पिताम्बर पाण्डेय,कोषाधक्ष्य,रहेका छन भने सदस्यहरुमा क्रमस दिपक केसी,रमेश परीयार,बलराम सापकोटा,गम बहादुर भण्डारी,मिन बहादुर थापा छन।

नव गठित समितिले दुई सदस्यिय सल्लहाकार समिती पनि गठन गरेको छ। जसमा लामो समय यूएईमा रही बिभिन्न संघसस्थामा रहेका समाजसेवी द्वय मान बहादुर थापा र चित्र बहादुर केसी रहेका छन।

गठित समितीले छिट्टै आफ्ना अन्य कार्यक्रमहरुलाई सार्वजनिक गर्ने बताएको छ।

यूएईमा अहिले करीव ६० भन्दा बढी संघसस्था तथा ५ भन्दा बढी नेपाली राजनितिक पार्टीका भात्री सगंठन समेत छन। सबै संघसस्थाको माउ सस्थाको रुपमा नेपाली समाज रहेको छ। तर हालका दिनमा बिभिन्न जातिय-क्षेत्रिय तथा जिल्ला स्तरिय एवम गाउ स्तरिय समुह स्थापना हुन लागेका छन।  

स्मरण रहोश : यूएईमा रहेका पुरानो संघसस्थाहरु मध्ये जिल्लाको नाम बाट गठन गरी संपर्क समिती गठन गरीए मध्ये सबैभन्दा पुरानो समाज अर्घाखाँची यूएई संपर्क मन्च हो , यधपी हाल: यस् समाजका अध्यक्ष नै यूएई भन्दा बाहिर गए पछी फेरी समाजलाई नयाँ रुपदिने योजना अनुरुप अगाडि बडेको पाइएको छ। यसै क्रममा अर्घाखाँची डट्कम् मार्फत यूएईमा रहेका अर्घाखाँची बासी हरुको लगत सकंलनकार्य सुरु गरिएको छ।