आजको मौसम : देशभर बदली, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

imagesimages

 

काठमाडौं ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसका साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको छ, जसले गर्दा वर्षाको मात्रा बढ्ने अनुमान गरिएको छ।

Nepal life insurance

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो र राति देशभरको मौसममा बदली रहनेछ र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभरको मौसममा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनेछ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

 

Nepal life insurance