नेपालका एक प्रतिभाशाली अनुसन्धाताले अमेरिकाको प्रतिष्ठित पुरस्कार हात पारेका छन् ।
सन् २०११ मा विभिन्न संक्रमणकालीन रोगका विषयमा उत्कृष्ट अनुसन्धान गरेका डा.बटु शर्मा कुइकेलले अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजिले प्रदान गरेको पुरस्कार हात पारेका हुन् । कुइकेलसँगै युरोपका चार अनुसन्धानकर्ताले पनि यो पुरस्कार जितेका छन् । शर्माले डुक विश्वविद्यालयको प्रयोगशालाबाट आफ्नो अनुसन्धान पूरा गरेका थिए ।
शर्माको अनुसन्धानले नयाँ रोगहरुविरुद्ध औषधि उत्पादन गर्न फलदायी हुने भएकाले उनलाई पुरस्कृत गरिएको अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजिले जनाएको छ ।
राजधानीको गोकर्णस्थित सुन्ताखानमा जन्मिएका कुइकेलले त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेका छन् । एक दशकअघि अमेरिका पुगेका कुइकेलले विद्यावारिधी भने उतैबाट हासिल गरेका हुन् ।