आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर : हिजो हालसम्मकै उच्च बनेको अमेरिकी डलरको मूल्य आज कति?

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको पनि मूल्य स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। हिजो सबैजसो मुद्राको मूल्य बढेको थियो।

आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो।

Nepal life insurance

त्यसैगरि आज युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा छ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा छ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा छ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

 

Nepal life insurance