यूवा संघका अध्यक्ष बस्नेत यूएई आउँदै

– उमाकान्त पाण्डे “गाउंले”


यूएई डेस्क – एमाले युवा भात्री सगंठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत यूएई आउने भएका छन।संघको प्रवास कमिटी अन्तरगत प्रवासी नेपाली युवासंघ यूएईको आयोजनामा अयोजित बिजया दशमी बिशेष कार्यक्रममा सहभागी हुन बस्नेत यूएई आउन लागेका हुन।
 


संघले आउँदै गरेको बिजया दशमीको अवसरमा आगामी ३० सेप्टेम्बर,शुक्रबार गर्न लागेको ‘शुभकामना आदान-प्रदान एवम बिबिध सास्कृतिक कार्यक्रम’का लागि बस्नेत २८ तारिख बुधवार नै दुबइ आउने भएका छन।


संघका अधक्ष्य महेश गिरीले दिएको जानकारी अनुसार बस्नेत यूएई आइ साउदी अरब जाने भनीएको भएपनि दसैको टिकाको अर्को दिन युवासंघको चियापान लगायत भब्य कार्यक्रम भएकोले तत्काल साउदी नगई अक्टोबर २ मानै स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ।


बस्नेतको यूएई आगमन यो भ्रमण सगैं दोस्रो हो । यस् अघि प्रवासी नेपाली युवा संघ यूएईको औपचारिक घोषणाका लागि गत वर्ष उनी यहाँ आएका थिए।


यसैबिच संघले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।संघका सचिव तथा सास्कृतिक कार्यक्रम सयोंजक राजु भुजेलले दिएको जानकारी अनुसार यूएईका ३ सय भन्दा बढी स्थानिय नेपालीको सहभागीता एवम ‘आयो झल्काउदै झमझमे स्टकोट’का कलाकार अभिसेष लामा  सहित स्थानिय कलाकारको दुई दर्जन भन्दा बढी प्रस्तुती हुने निस्चित भएको छ।


उनले आगामी शुक्रबार आबुधाबीको केरेला सोसियल सेन्टरमा दिउस ४ तिस बजे बाट सुरु हुने भएकोले यूएई प्रवासमा रहेका आम-प्रवासी नेपालीलाई उपस्थित भएर सामुहिकरुपमा नेपालकै झल्को आउने तरिकाले दसैं मनाउन अर्घाखाँची डट्कम् मार्फत आग्रह गरेका छन।