– डि.आर.जी-सुमन
चिली ,एकिकिउ असोज १५ ,२०६८ । बिजया दशमीको आगमन संगै बैदेसिक रोजगारको क्रममा चिल्ली पुगेका नेपालीहरुले शुभकामना कार्यक्रम तथा दसैँ मिलन कार्यक्रम प्रसिद्द पर्यटकीय सहर एकिकिउ सहरमा सम्पन्न भएको छ।
आबेर रात सम्म भएको कार्यक्रममा आफु-आफुले शुभकामना ब्यक्त गर्दै देशको बर्तमान प्र्पेक्ष्यामा नेपाली राजनीतिक आस्थिरता सम्बन्धि चिन्ता ब्यक्त गर्दै चाडै संबिधान निर्माणमा अगाडी बढ्न राजनीतिक दल लाग्नु पर्ने अवस्था आएको बेला टुट नभई जुटेर जानु पर्नेमा जोड दिइएको थियो ।
सो कार्यक्रममा नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले आफ्नो वयक्त्व्य राखेका थिए ।
कार्यक्रममा दुर्गा अर्याल, लुद्र बुढा, कपिलदेव भट्ट, राजेन्द्र कोइराला, संजय ढकाल,चंद्रजंग थापा, डोलराज खनाल,सपना घले,सित ढकाल, सिता ढकाल, तिलक घिमिरे,कमला थापा लगायतको उपस्थिति थियो ।