दशैँका अवसरमा काटेको राँगाको मासु खाँदा कालिकोट सदरमुकाम मान्मामा १२ बढी सर्वसाधारण झाडापखलाबाट बिरामी परेका छन् ।
मान्मा गाविसको वडा १ र २ स्थित दलितटोलका मानिसहरु राँगाको मासु खाएपछि झाडापखालाबाट पीडित भएका हुन् । झाडापखालाबाट बिरामी परेकामध्ये पाँचजनाको जिल्ला अस्पताल कालिकोट र अन्यको घरमै उपचार भइरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटले झाडापखाला प्रभावित क्षेत्रमा सिनियर अहेव जगदीश नेपालीको नेतृत्वमा औषधिसहितिको स्वास्थ्य टोली पठाइएको जानकारी दिएको छ । मासु राम्ररी नपकाइ खाएको हुनाले झडापखाला फैलिएको जनस्वास्थ्यको भनाइ छ ।