आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’ अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य पनि बढ्यो

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

Nepal life insurance

हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा थियो।

गएको भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो। त्यसयता घटेको मूल्य आज फेरि बढेको हो।

त्यसैगरि आज युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा छ। हिजो युरो एकको खरिददर १६६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ३७ र बिक्रीदर ४६४ रुपैयाँ ३४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५५ पैसा  थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

 

Nepal life insurance