मोरङको बाँसबारीमा झाडापखालाबाट दर्जनौ बिरामी

मोरङको बाँसबारीमा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ भने दर्जनौ बिरामी परेका छन् । झाडापखालाबाट स्थानीय सोमराज राइको मृत्यु भएको हो ।

 

सुनसरीको इटहरीसँगै जोडिएको सुकुम्वासी बस्तीमा दुइ दर्जन भन्दा बढी मानिसहरु झाडापखालावाट बिरामी परेका छन् । झाडापखालाबाट बालवालिका र वृद्धवृद्धा वढी प्रभावित भएका छन् ।

 

झाडापखालाबाट सिकिस्त बिरामी भएका राइकी श्रीमती कोपिला राई र उनका दुई छोराको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । झाडापखालाबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार थालिएको छ ।

अन्य समाचारहरु