उनीहरुलाई गत भदौ २० गते वर्कसका अध्यक्ष यलम्बर किरातीले राजीनामा नदिए ज्यान मार्ने धम्की सहित पत्र पठाएका थिए । पटक पटक ज्यानमार्ने धम्की दिएपछि राजीनामा दिएको स्यावुन गाविसका सचिव प्रेमबहादुर श्रेष्ठले बताए । संयुक्त राजीनामामा सचिवहरुले आफूहरुको सुरक्षाको माग गरेका छन् ।
सचिव श्रेष्ठले भने, सरकारसँग सम्झौता नभएकाले हामीलाई गाँउमा बसेर काम गर्न नदिने भन्दै राजीनामा मागेका छन् । गाँउमै बसेर काम गर्ने वातावतरण नभएपछि राजीनामा दिएका हौं, सजह वातावरण नमिलेसम्म सदरमुकाममै बस्छौं ।
किरात वर्कसले पठाएको पत्रमा राजीनामा नदिए त्यसबाट हुने क्षतीको भागेदार आफैं हुनु पर्ने उल्लेख गरेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष गोविन्द घिमिरे सबैभन्दा बढीमार सचिवहरुलाई परेको बताउँछन । गत महिना खम्बुवान मुक्ति मोर्चाको नाममा जलजला गाविसमा बम बिस्फोट गराइएको थियो ।



