गौर, रौतहट । देश कै चौथो विद्यालयको रुपमा रहेको श्री जुद्ध उच्च माध्यमिक विद्यालय गौरको विद्यालय व्यवस्थापन समितिको निर्वाचन विद्यालय प्रशासनको लापारवाहीको कारण आज हुन सकेन ।
आज भनिएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ४४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएपछि विद्यालय प्रशासनले सहमतीमा जान जोड दिएपछि लोकतान्त्रिक प्रकृया निर्वाचनमा जान अध्यक्षका उम्मेदवारहरुले मांग गरेपछि चुनाव २६ गते सम्मको लागि सरेको छ ।
३३ जिल्लाको विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा लगभग ३२०० विद्यार्थी अध्ययनरत रहेपनि सुचनाको जानकारी नहुँदा अधिकांश अभिभावकहरुले परिचय पत्र बनाउन पाएनन । परिणाम स्वरुप आज रहेको निर्वाचन कार्यक्रममा विद्यालय प्रागंनमा प्रवेश गर्न समेत पाएनन ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका साधारण सदस्य तथा रौतहटबाट प्रकाशित हुने दैनिक सत्य पत्रिकाका प्रधान सम्पादक समेत रहनु भएका रामपुकार राउतले अध्यक्ष पदको उम्मेदवारी बाट आफ्नो नाम फिर्ता नलिएपछि गौर नगरपालिका वडा नम्बर २ घर भएका मोहन साह कानुको छोरा विक्रान्त विक्रम नेपाल उर्फ पालु साहले निज राउतलाई निधातरुपमा कुटपिट गरेपछि विवाद उत्पन्न भई चुनाव सरेको विद्यालयलका प्रधानाध्यापक तथा व्यवस्थापन छनौट समितिका संयोजक नागेन्द्र मण्डलले जनाएका छन् । यसै बिच नेपाल पत्रकार महासंघ रौतहटका सल्लाहकार प्रेमचन्द्र झाले विद्यालय प्रशासनको लापारवाहीको कारण अध्यक्षका उम्मेदवार तथा पत्रकार कुटिएको भन्दै घटनाको तत्काल छानविन तथा दोषिलाई कार्यवाही हुनु पर्ने बताए ।