– कृष्ण खनाल
बुटवल १ कार्तिक । बुटवलको एक पसलबाट खरिद गरिएको रियल फु्रट पावर नामक अनार जुसमा लेदो भेटिएको छ । बुटवलको -८ ज्ञवाली कम्पलेक्स अगाडीको डिलक्स कोल्ड डिङ्ग्रस बाट खरिद गरिएको उक्त जुसमा लेदो भेटिएका हो ।
डावर नेपाल प्रा लि बटा उत्पादन भएको उक्त जुसको म्याद सकिन अझै २ महिना बाँकी रहेको छ । बुटवल- ८ मा रहेको डल्फीन एजुकेशनका शुनिललाल जोशीले आफ्नो छोरि संयम जोशीको लागी पखलालागेकोमा उक्त जुस खुवाउनका लगेका थिए । उत्पादन मिती जुलाई २०११ रहेको उक्त जुसमा उत्पादन भएको ६ महिना सम्म उपभोगकोलागी राम्रो हुने लेखीएको छ । आफ्नी पखला लागेकी विरामी छोरिकालागी अनारको जुस ख्वाउदा राम्रो हुने भनेपछी उक्त जुस खरिदगरेको जोशी ले बताए । उनले भने -ुविरामी छोरीले केहि भाग खाएपछी आफुले पनी खानु पर् यो भन्दा कालो लेदो थियो ।