हाम्रो सांस्कृतिक पर्व तिहार

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

हाम्रो सांस्कृतिक पर्व तिहार “

 -काशीराम घिमिरे।
अाँगनिमा मखमली र सयपत्री फूलले ढकमक्क छ।जताततै मादलको ताल सुनिदैछ।गाउँघरदेखी सहरबजार सम्म झिलिमिली बत्ती साथै देउशी भैलोको सुरुवात हुँदैछ।दिदिबहिनी टाढा, टाढा बाट आफ्नो दाजुभाइ लाई टीका लगाउनको लागि झोला, फुँगा, सोलि, बोकि आउँदै हुनुहुन्छ ।

दाजुभाइ दिदिबहिनी सँम्झीटीका लगाउन जाने तरखरमा देखिन्छन् सहर बजार साथै देश बिदेश बाट दाजुभाइ दिदिबहिनी आफ्नो टीका लगाउने घर ठाउँमा जाँदै हुनुहुन्छ ।यो सगै हिन्दूहरुको महान चाँड तिहार पर्व आयो । सबै चाँडपर्वहरुको महत्व उत्तिकै हुन्छ ।हरेक पर्वहरु विशेष हुन्छ्न ।

हाम्रो धर्म संस्कृती अन्तर्गत रहने रितिरिवाज अनुसारको तिहार पर्व एउटा रमाइलो पर्वको रुपमा आउने गर्दछ।हरेक बर्ष कार्तिक शुक्लदिप्तियका दिनआउने यो पर्व केही ओसिलो मौसम सँगै आउने गर्दछ।

यमपंञ्चक अनुसार पाँच दिनसम्म मनाउनेतिहार पर्वकोविधि एउटा विशेष छ। जुन नेपाली धर्म संस्कृती अनुसार मनाउने गरिन्छ।यमपंञ्चक अन्तर्गत मनाउने पहिलो दिन कागको पूजागरी मीठो परिकार खान दिई मनाउने गरिन्छ ।किन भने काग यमराजको दुतको रुपमा चिनिन्छ ।उ चतुर साथै चलाखि पंक्षिको रुपमा चिनिन्छ । उसले नयाँ, नयाँ समाचार ल्याउने गर्दछ।साथै यमपंञ्चकको दोस्रोदिन कुकुर तिहार पर्छ ।

10:51 am auspicious hour for Bhai Tika

images

जसमा यो दिनमा कुकुरको पूजागरि गलामा माला लगाइ मीठो परिकार खान दिई मनाउने गरिन्छ।कुकुर एउटा घरपालुवा र आज्ञाकारी जन्तुको रुपमा चिनिन्छ।उ चतुर र चलाख हुन्छ।कुकुरले इमानदारी रूपमा घरको रक्षा गर्ने गर्दछ।साथै यमपंञ्चक अनुसार तेस्रो दिन धनधन्यकि देवि वा धनकि देवि लक्ष्मीको पूजा आरधना गरि घर, आगन ,पेटिमा, गाइको गोवरले लिपपोत गरि, सफागरी , लिपपोत गरि लक्ष्मि अाँउने बाटोमा पाइला बनाउने झिलिमिली बत्ती बाल्ने र बसुधारा लगाउने चलन छ।

फूलमाला, टीका ,पूजा सामाग्री तयार गरि साँझपख विशेष विधि अनुसार लक्ष्मिको पूजा गरिन्छ।जसमा दियो, कलश ,गणेश , पैसा ,धन ,सुन समेत राखी तोरिको तेलको दियो बाली पूजा गर्ने चलन छ।जसले गर्दा बर्षभरी घरमा धनको अभाव नहुने साथै लक्ष्मीको सधैंभरी घरमा आगमन हुने, घरमा शुखशान्ती हुने ,धार्मिक बिश्वास रहेको छ।साथै यसदिन सहर बजारमा देउशी भैलो खेल्ने चलन छ।यमपंञ्चकको चौथो दिन गाइलाइ पूजा अर्थात गाई पूजा गर्ने चलन छ ।गाइलाइ हिन्दुसंस्कार अनुसार माताको रुपमा पुजिन्छ।गाइको गोवरले लिपेको सुद्धसफा हुन्छ।

images

Bhai Tika today; 10:51 am auspicious hour - RedVoiceNepal

गाइको गहुत पूजाआजा हरुमा शुद्धताको लागि प्रयोग गरिन्छ गाइको दूध अमृत समान पोशिलो हुनेगर्छ।साथै यसैदिन बिधिपुर्वक गाइको गोवरलाइ एउटा थान बनाइ विधि अनुसार पूजागरी, गाइलाइ माला लगाइ, सिङमा तेल लगाइ मिठो परिकारखान दिई गाइलाइ ढोगीन्छ !साथै यसदिन तोरन जिउरी बाटी बिचमा फूलराखी र बिचमा सेलरोटी राखी उक्त तोरनलाइ बिधिपुर्वक पूजि आफ्नो तागामा दोबाटोमा लगि टाँगिन्छ।पाचौं दिनमा भाइटिका पर्ने गर्दछ।

images

यसमा बिहान देखि सफागरि लिपपोत गरि नुहाइ पूजा सामाग्री तयार गरि नयाँ, नयाँ लुगालगाइ शुभसाइत अनुसार दियो, कलश, गणेश राखी विधि पुर्वक पूजागरी भाइलाई पूजागरी विशेष आशिसका साथ सत्तरङ्गी ,टीका, निधारमा लगाउने चलन छ।जसमा दिदिबहिनीले आफ्ना दाजुभाइको आरोग्य , ऐसर्य साथै दिर्घायुको कामना गरि शुख ,शान्तिको कामना गर्दछ्न।दाजुभाइले टिकाको साथमा गलामा माला ,शिरमा टोपि, सेलरोटी, ओखर ,घाँजि फलफूल दिने र दिदिबहिनी लाई दाजुभाइले पनि टिकालगाइ दक्षिणा साथै , उपहार दिने चलन छ ।

यो यमपंञ्चक भनेको, खासत ,यमराज, आफ्नो बहिनी यमुनालाइ भेटन, पृथ्वीमा आएकोबेला, तिहार अनुसार, यमपञ्चक परेको ,त्यसै अनुसार, यमुनाले आफ्नो दाजुभाइ, टिका लगाएको माला लगाएको र यमराले बहिनि लाइ उपहार दिएको र राम्रो रमाइलो भएको हुँदा त्यहीँ संम्झि मनाउने गरिन्छ।

2 stories on who started Deusi-Bhailo? Why, when and where?

Nepal life insurance

तिहारमा टीका लगाएपछी सबैदाजु भाइ जम्माभइ देउशी भैलो खेल्ने चलन छ।साथमा हाम्रो धर्म संस्कृतिलाइ जहेर्ना गर्ने किसिमले त्यसैमा आधारित भइ मादल ,बाँसुरी र मिठा आशिसले भैलो भट्याइ विभिन्न घर ,घरमा गइ मीठो आशिक दिइ रमाइलो गरि आत्मीय एवं खुशियाली रूपमा ,सांस्कृतिकभैलो खेल्ने चलन छ! साथमा रमाइलो नित्य पस्किने मारुनि , सोरठी, बासुरी नाँच र हरेक किसिमका नाँच नाँच्ने चलन छ।त्यसबाट प्रभावित भइ घरबेटीले दान गर्ने चलन छ । कार्तिके दान गर्नाले घरमा राम्रो हुने धार्मिक बिश्वास छ।

Nepal life insurance

त्यसैले तिहारपर्व मनाउँदा आफ्नो धर्म सँस्कृती अनुसार मनाउनु पर्छ।आफ्नो धर्म संस्कृतिलाइ जहेर्ना गर्नेखालको देउशीभैलो खेल्नुपर्छ जसले नयाँ पुस्तामापनीयो परम्परा सिक्ने लागुगर्ने अवसर मिल्छ। यसपर्व हिन्दु हरुको महान पर्वहो ।जसमा हरेक प्रक्रिया हरु विधि अनुरुप हुने गर्दछ्न।साथैयसपर्व ले दिदिबहिनी र दाजुभाइको भेट गराउने आत्मिय गराउने खुशीबनाउछ। जुवातास कौडा पासाहरु खेल्न हुँदैन जसले त्यसैको कुलत पसि धनको नाश हुनेगर्छ।त्यसैले सबैले विधि पुर्वक तिहार मनाऔ हाम्रो धर्म संस्कृतिलाई जहेर्ना गरौं ।

काशीराम घिमिरे

 

Nepal life insurance