काठमाडौं, ७ कात्तिक नवलपरासीका कांग्रेस सभासद् महेन्द्रध्ज जीसी सवारी दुर्घटनामा घाइते भएका छन् । काठमाडौं आउने क्रममा नागढुंगामा दुर्घटना हुँदा उनको दायाँ खुट्टा र हात भाँचिएको छ ।
उनको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले जानकारी दिए । उनका अनुसार जीसीको शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।